9 years ago
April 12, 2017
एजेन्सी – रियल म्याड्रिडका पुर्व प्रशिक्षक एवं हाल बायर्न म्युनिखका प्रशिक्षक रहेका इटालियन कार्लो एन्चेलोटिले हालको रियल म्याड्रिड टोली बायर्नभन्दा नराम्रो रहेको प्रतिक्रिया दिएका छन्।

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती हुने बायर्न म्युनिख र रियल म्याड्रिडको खेल अगाडी एन्चेलोटिले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘रियल राम्रो टोली हो र स्पेनिस लिग रियलको हातमा रहेको छ। उत्कृष्ट आक्रमण भएको यस टोलीले लिग जित्ने पक्काजस्तै छ’, उनले भने।
सन् २०१३ देखि २०१५सम्म म्याड्रिडमा रहेका एन्चेलोटिले त्यहाँ रहेर च्याम्पियन्स लिगको उपाधि जितेका थिए। तर उनले आफ्नो रियलसंगको पुरानो सम्बन्धले बायर्न र रियलको खेलमा केहि फरक नपर्ने बताए। ‘म आजकल म्याड्रिडको खेलाडीहरुसंग सम्पर्कमा छैन। मलाई उनीहरुको बलियो र कम्जोर पक्ष राम्ररी थाहा छ। तर जिदानले भोलि कसरि खेल खेलाउनेछन् त्यो भने उनि बाहेक कसैलाई थाहा हुन्न’, उनले थपे।
म्याड्रिड राम्रो टोली भएपनि बायर्न अहिलेको अवस्थामा म्याड्रिडभन्दा राम्रो रहेको पनि उनले बताए। ‘जिदान र उनको टोली अहिले राम्रो फर्ममा छ। तर मेरो लागि आफ्नो टोली चिन्ताको विषय हो र मलाई थाहा छ यो खेल एकदम रोमान्चक हुनेछ। दुवै टोली आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने धुनमा हुनेछ‘, उनले भने।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]