9 years ago
April 12, 2017
मुनिख (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल अन्तर्गत बुधबार हुने खेलमा बायर्न म्युनिखले आफ्नो घरेलु मैदानमा रियल म्याड्रिडलाई निम्त्याउँदै छ।

बायर्नले अघिल्लो चरणमा आर्सनललाई हराएको थियो भने म्याड्रिडले इटालियन क्लब नेपालीलाई पराजित गर्दै क्वार्टरमा प्रवेश गरेको थियो। घरेलु लिगको पछिल्लो खेलमा म्याड्रिडले १-१को बराबरी खेलेको थियो भने बायर्नले डर्टमुण्डलाई ४-१को फराकिलो अन्तरले पराजित गरेको थियो।
यी दुई टोलीबिचको पछिल्लो ६ खेलमा दुवैले ३/३ जित हात परेका छन्। म्युनिखले त्यो अन्तरालमा ४ गोल गरेको छ भने म्याड्रिडले ९ गोल गरेको छ। रियल र बायर्नले केहि महिना अघि प्रि-सिजन तयारी अन्तर्गत खेलेको मैत्रीपूर्ण खेलमा म्याड्रिड १-०ले विजयी भएको थियो।
बायर्नका डिफेन्डर म्याट्स हमल्स चोटका कारण यस खेलमा अनुपस्थित हुने छन् भने रोबर्ट लेवान्डोस्की पनि काँधको चोटका कारण खेल्ने नखेल्ने शंकामा छन्। आर्जेन रोबेन र फ्र्यांक रिबेरी दुवै फिट भएकाले भर्खर चोटबाट फर्केका थोमस मुलरले विश्राम पाउन सक्नेछन्।
रियल म्याड्रिडका लागि २ डिफेन्डर पेपे र राफेल भारान चोटका कारण अनुपस्थित हुने पक्का छ। यस अवस्थामा सर्जियो रामोसलाई डिफेन्समा साथ दिन नाचो फर्नान्डेज सुरुवाती एघारमा अटाउनेछन्।
खेल नेपाली समयनुसार बिहिबार बिहान १२:३० बजे (बुधबार मध्यरात)मा हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]