default_image

9 years ago

April 12, 2017

बार्सिलोना युभेन्टससंग पराजित

153 views

0 Bookmark

टुरिन (एजेन्सी) – अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले पहिलो हाफमै २ गोल गरेपछि युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल चरणको पहिलो लेगमा युभेन्टसले बार्सिलोनालाई ३-० गोलअन्तरले पराजित गरेको छ।

खेलको सातौं मिनेटमा वान क्वाड्राडोको पासलाई सदुपयोग गर्दे डिबालाले युभेन्टसलाई अग्रता दिलाएका थिए। बार्सिलोनाका कप्तान आन्द्रेस इनिएस्टाले २१औं मिनेटमा खेललाई बराबरीमा ल्याउने सुवर्ण मौका गुमाए। गोलरक्षक जियानलुइजी बुफोनले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट बचाउ गर्दै युभेन्टसको अग्रता कायम राखेका थिए।

त्यसको १ मिनेट नबित्दै युभेन्टसले खेलको दोश्रो गोल गर्यो। मारियो मान्जुकिचको कटब्याकलाई डिबालाले सुन्दर ढंगले गोलमा परिणत गरेका थिए। खेलको ५५औं मिनेटमा मिरालेम प्यानिचको कर्नरमा जिओर्जियो किएलिनिले हेडर मार्फत गोल गर्दै युभेन्टसलाई ३-०को अग्रता दिलाए।

बार्सिलोनाले खेलमा फर्कने केहि प्रयास गरेपनि युभेन्टस कप्तान बुफोन बाधक बनेका थिए। क्वार्टरफाइनलको दोश्रो लेग क्याम्प नोउमा खेलिनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.