default_image

10 years ago

October 10, 2015

राष्ट्रिय लिगमा थ्री स्टार र झापा भिड्दै

158 views

0 Bookmark

आफ्नो बाकी तिनै खेल जिते उपादी जित्ने निश्चित रहेको थ्री स्टार जित भन्दा कमको नतिजाको अपेक्षामा छैन

मनाङ बिरुद्ध निकै रोमान्चक खेलमा हार अंगालेको झापा जारी राष्ट्रिय लिगमा रुस्लान थ्री स्टार क्लब बिरुद्ध भिड्दै छ  ।

उपादिको लक्ष्य लिएको झापा आफ्नो जित संगसंगै अरुको खेलमा पनि निर्भर रहनु पर्ने छ । १४ खेल खेलिसकेको झापा २४ अंकसंगै ४औ स्थानमा छ जुन लिगको पहिलो स्थानमा रहेको आर्मी भन्दा ३ कम हो ।

त्यसैगरी आफ्नो बाकी तिनै खेल जिते उपादी जित्ने निश्चित रहेको थ्री स्टार जित भन्दा कमको नतिजाको अपेक्षामा छैन ।

१३ खेलको समाप्तीमा थ्री स्टारको ७ जित संगै २६ अंक छ र आजको खेलामा जित्न सफल भए थ्री स्टार पुर्ण लिगको पहिलो स्थानमा पुग्ने छ ।

थ्री स्टार आफ्नो प्रतिबन्दित कप्तान सागर थाप बिना मैदानमा उत्रने छ ।  रेफ्री श्रवण लामालाई अपसब्ध बोलेको सागर थापा आफ्नो २ खेल प्रतिबन्दको अन्तिम खेल पुरा गर्दै छन् ।

यसअघी झापाको घरेलु मैदानमा खेलिएको खेलमा दुइ टिम बिचको खेल गोल रहित बरबारीमा टुंगिएको थियो ।

मानङसँग पहिलो पल्ट टर्फमा खेलेको झापालाई थ्री स्टारसँग भने अलि सजिलो हुन सक्ने अपेक्षा गरिएको छ ।

यस अघी मोरङबिरुद्ध विश्राममा रखिएका पिटर सेगुन झापाबिरुद्धको महत्वपुर्ण खेलमा भने फर्किने छन भने सन्तोश साहुखल पनि उपलब्ध हुनेछन ।

८ गोल गरेका सन्तोश १२ गोल गरिसकेको कर्ण लिम्बु र ११ गोलको साथ दोस्रो स्थानमा रहेको नवयुगलाई पछ्याउदै लिगको शीर्ष गोल कर्ता बन्ने दाउमा हुनेछन  ।

टिम खेल जित ड्र हार गोल गरेको  गोल खाएको +/- अंक
आर्मी १४ ३० २४ २७
थ्री स्टार १३ २६ १८ २६
मानङ १३ २१ १५ २५
झापा १४ २१ ११ १० २४

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.