default_image

9 years ago

April 13, 2017

रोनाल्डोको दुई गोलमा रियलको जित, च्याम्पियन्स लिगमा रोनाल्डोको एक सय गोल पुरा

190 views

0 Bookmark

म्युनिख (एजेन्सी) – दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो दुई गोल गरेपछि च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा बिहीबार रियल मड्रिडले बायर्न म्युनिखलाई २–१ ले हराएको छ । पहिलो हाफसम्म १–० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा एकपछि अर्को झड्का बेर्होदै रियललाई नतिजा सुम्पेको थियो ।

बार्यनले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा बराबरी गोल फर्काएका रोनाल्डोले अर्को गोल ७७ औं मिनेटमा गरे । त्यो दुई गोलसँगै च्याम्पियन्स लिगमा रोनाल्डोको एक सय गोल पुरा भएको छ । सयौं गोल पुरा गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

आर्टुरो भिडालले पहिलो हाफमा दिलाएको अग्रतालाई बार्यनले दोस्रो हाफको सुरुआतमै गुमाएको थियो । फ्रान्क रिभेरीले कर्नर प्रहार गरेको बलमा भिडालले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफमै अग्रता दोब्बर गर्नबाट बार्यन चुकेको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा फ्रान्क रिभेरीले प्रहार गरेको बल पेनाल्टी बक्समा रियलका मिडफिल्डर कार्भाहालको हातमा लागेपछि बायर्नले पेनाल्ट िपाएको थियो । पेनाल्टीमा भिडालले हानेको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो ।

दोस्रो हाफ भने पूर्ण रुपमा रियलको नियन्त्रणमा रह्यो । ४७ औं मिनेटमा रोनाल्डोले नजिकबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । कार्भाहालको क्रममा रोनाल्डोले बराबरी गोल गरेका थिए ।

खेल बराबरीको केही समयपछि बार्यन १० खेलाडीमा सिमित भएको थियो । ६१ औं मिनटमा रोनाल्डोलाई फाउल हानेपछि जाभी मार्टिनेजले दोस्रो पहेलो कार्ड पाउँदै मैदान छोडेका थिए । ७७ औं मिनेटमा उनले मासी असेन्सियोलेको पासलाई सदुपयोग गरेका थिए ।

च्याम्पियन्स लिगका अन्य खेलमा एट्लेटिको मड्रिडले लेस्टरलाई १–० ले पराजित गर्यो । घरेलु मैदानमा आफुलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै टोलीलाई जित दिलाएका थिए । अर्को खेलमा अवे खेलमा मोनाकोले बरुसिया डर्टमन्डलाई ३–२ ले हराएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.