8 years ago
April 13, 2017
म्युनिख (एजेन्सी)– खेल जीवनमा थुप्रै पुरस्कार र सम्मान जितिसकेका रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा एक सय गोल पुरा गर्ने अर्को कीर्तिमान बनाएका छन् । ११ बर्ष आठ महिनामा च्याम्पियन्स लिगका १ सय ४३ खेलमा १ सय गोल पुरा गरेका रोनाल्डोले पछिल्लो ५० गोल मात्र ४७ खेलमा गरेका थिए ।
आज बिहान बार्यन म्युनिखविरुद्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा रियलले २–१ ले जित्दा दुवै गोल रोनाल्डोले नै गरेका थिए । च्याम्पियन्स लिगको सर्वाधिक गोल गर्ने सुचिमा रोनाल्डोसँग एकदमै निकट बार्सिलोनाका लियोनल मेस्सी रहेका छन् ।
अबको सय गोल पुरा गर्नेमा उनकै नाम रहने लगभग निश्चित छ । मेस्सीले १ सय १८ खेलमा ९७ गोल गरिसकेका छन् । रियलले क्वार्टरफाइनलमा २–१ अग्रता लिदा अघिल्लो दिन मेस्सीको बार्सिलोना भन्दा युभेन्ट्ससँग ३–० ले स्तब्ध भएको थियो ।
सन् २००५ अगस्ट ९ को च्याम्यियन्स लिग खेलमा म्यानचेस्टर युनाइटेडले डेब्रेकेनलाई ३–० ले हराउँदा पोर्चुगलका फरवार्ड रोनाल्डोले पहिलो पटक गोल गरेका थिए । २०१३ मा गालातासारेविरुद्ध २ गोल गर्दै उनले ५० गोल पुरा गरेका थिए । पहिलो ५० गोलका लागि उनले ९६ खेल कुर्नपरेको थियो । म्यानचेस्टर युनाइटेड र स्पोर्टिङ लिस्बनबाट ३२ खेल खेल्दा च्याम्प्यिन्स लिगमा उनले १ गोलमात्र गर्न सकेका थिए । च्याम्पियन्स लिगमा रोनाल्डोले १६ गोल युनाइटेड र बाँकी रियलबाट गरेका हुन्।
च्याम्पियन्स लिगका सर्वाधिक गोल गर्ने खेलाडी
१००– क्रिस्टिायोनो रोनाल्डो (१ सय ४३ खेल)
९७– लियोनल मेस्सी (१ सय १८)
७६– राउल गोन्जालेज (१ सय ५८)
७०– फिलिप्पो इन्जागी (१ सय १४)
६२– रुड भान निस्टेलरोय (९२)
६१– र्गेड मुल (६९)
५९– थएरी हेनरी (१ सय ४०)
५९– हेनरिक लार्सन (१ सय ८)
५६– ज्लाटान इब्राहिमोभिच (१ सय ३६)
५४– युसियिबो (७०)
५३– एलेसान्द्रो डे पिर्लो (१ सय २९)
५१– करिम बेन्जिमा (९३)
५०– डिडिएर ड्रोग्बा (१ सय २)
५०– क्लास जान हुन्टेलर (८२)
अहिले खेल जीवनमा सक्रिय (रोनाल्डो, मेस्सी, इब्राहिमोभिच, बेन्जिमा, हुन्टेलर)
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]