default_image

9 years ago

April 13, 2017

समर्थकमाझ ‘मिसफिट’रोहित

130 views

0 Bookmark

सुवास हुमागाई
काठमाडौं – क्लब करियर सुरु गर्नुअघि १७ बर्षको उमेरमा नै रोहित चन्द राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका थिए । कलिलो उमेरमै विदेशमा खेल कौशलमार्फत चर्चा कमाएका रोहित अहिले २५ बर्षका भए । यो ८ बर्षे यात्रामा उनले नेपालका लागि ४३ अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । उनको व्यवसायिक खेल जीवन हेर्दा लोभ लाग्दो छ । क्लब फुटबलमा एकपछि अर्को सिढी चढ्दै गरेका रोहितमाथि राष्ट्रिय टोलीबाट भने सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको आरोप लाग्ने गरेको छ ।


सन् २०१३ मा घरेलु मैदानमा सम्पन्न साफ च्याम्प्यिनसिपमा नेपाल फाइनलको अत्यन्त निकट पुगेका थियो । अफगानिस्तान अघि बढेको खेलमा नेपालले पेनाल्टी पाएको थियो । त्यो पेनाल्टीमा गोल हुन सकेको भए सम्भवतः नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो ।

अफगानिस्तानविरुद्धको त्यो सेमिफाइनलमा पाएको पेनाल्टी रोहितले हान्ने मौका पाए । उनी गोल गर्न असफल भए । विपक्षी खेलाडीको गल्तिका कारण रेफ्रीले नेपाललाई रिटेक पेनाल्टी दिए । त्यसमा पनि रोहितलाई नै मोका दिइयो, दोस्रो पटक पनि उनको प्रहार अफगातिस्नाका गोलकिपरले रोके । त्यहाँबाट उनको आलोचनाको श्रृखंला सुरु भयो । अहिले पनि रोहितको प्रसंग आउँदा फुटबल प्रेमी त्यहि पेनाल्टीमा गोल गर्न नसकेको घटना स्मरण गरिहाल्छन् । त्यो खेलदेखि नै रोहितमाथि सकारात्मक भन्दा बढी नकारात्मक टिप्पणी आउने गरेको छ । यद्दपी उनी विचलित भने देखिदैनन् ।

त्यसयता रोहितले राष्ट्रिय टोलीबाट नेपाली दर्शकमाझ खुलेर खेल्ने मौका पनि पाएका छैनन् । २०१५ को अन्त्यतिर भारतको केरालामा भएको साफ च्याम्पियनसिपमा उनलाई मिडफिल्डरको भूमिकामा उतारियो । रोहितले आफ्नो भूमिकामा न्याय गरेपनि टोली पहिलो चरणबाटै बाहिरएपछि उनको प्रदर्शनलाई मात्र स्मरणमा रहने कुरै भएन । संयोग भनौं वा दुर्भाग्य, नेपालले गत बर्ष २०१६ मा ३ वटा उपाधि जित्दा रोहित चोटका कारण टोलीमा थिएनन् । रोहित विना पनि जित्न सक्ने रहेछ भन्नेका लागि अर्को बलियो आधार ती तीन सफलताले दियो पनि ।

फिलिपिन्सविरुद्ध चैत १५ गते एसियन कपको छनोट चरणको पहिलो खेलमा रोहितले राष्ट्रिय टोलीमा पुनरागमन गरे । खेलमा नेपाल ४–१ ले पराजित भएको यिो । त्यसमा रोहितको प्रदर्शन सन्तोषजक थियो । चोटपछि खेलेको पहिलो अन्तराष्ट्रिय खेलमा गरेको प्रदर्शनले उनलाई पुनः इन्डोनेसियाको पुरानै क्लब पर्सिजा जाकार्तासँग फेरी आबद्ध हुने मौका मिल्यो । यसअघि झन्डै अढाई बर्ष उनले त्यो क्लबको जर्सी लगाइसकेका छन् । पर्सिजापछि रोहितले २०१६ मा मलेसियाको टिटिम एफसीमा आबद्ध भएका थिए ।

तर, दुर्भाग्य मलेसिया यात्रा उनका लागि पीडादायी रह्यो । गत बर्ष फेब्रुअरीमा मलेसियामा खेल्दा उनलाई चोट लाग्यो । कतिपयले उनको खेल जीवन सकिएको अनुमान पनि गरेका थिए । एसिएल चोट लागेकाले रोहितले उतै शल्यक्रिया गराए । केहि महिना विश्राम लिएका रोहितले कोलकातामा गएर ग्राउण्ड रिकभरी गरे । केहि महिना फिटनेसका लागि स्वयम प्रशिक्षण गरेका रोहितले फुटबल मैदानमा फर्किन लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी रोजे ।

माघमा पोखरामा भएको आहा गोल्ड कप मनाङलाई जित्न महत्वपूर्ण भूमिका खेलेका रोहित त्यसपछिको झापा गोल्डकपमा दिलाउन पनि उत्तिकै योगदान गरेका उनी प्रतियोगिाताकै सर्वोत्कृष्ट खेलाडी बनेर फर्किए । घरेलु फुटबलमा लगातार दुई उपाधिपछि रोहितले बंगलादेशमा भएको शेख कमल अन्तराष्ट्रिय क्लब क्लबमा पनि उच्च प्रदर्शन गरे । क्लबको आवश्यकता अनुसार विभिन्न पोजिसनमा आफुलाई ढालेका रोहितले त्यहाँपनि केहि क्लबले उनीप्रति चासो देखाएका थिए ।

तर, यसपटक पनि उनको रोजाइ इन्डोनेसिया नै रह्यो । इन्डोनेसियामा केवल १ दिनको प्रशिक्षण र १ मैत्रीपूर्ण खेलको आधारमा प्रशिक्षकले रोहितलाई रोजे । इरानी खेलाडीको सट्टामा प्रशिक्षकको नजर उनमाथि पर्यो । रोहितले पर्सिजामा आक्रामक मिडफिल्डरको भूमिका निभाउने बताइएको छ । आउने एक सिजन उनी त्यहि क्लबबाट खेल्ने छन् । पछिल्लो सम्झौताले उनमा अझै पुरानै क्षमता रहेको मान्न सकिन्छ । समयसंगै आफुलाई निखार्दै लागेका रोहितले क्लब फुटबलमसंगै राष्ट्रिय टोलीबाट पनि उत्तिकै राम्रो प्रदर्शन गर्दै आएका छन् । तर समर्थकमाझ छाप बनाउन उनी संलग्न राष्ट्रिय टोलीले नतिजा दिनसक्नु पर्दछ ।

जति राम्रो खेलाडी भएपनि आखिर उसलाई मापन गर्ने उसले प्राप्त गर्ने सफलताकै आधारमा हो । एसियन कपको छनोटमा नेपाल, फिलिपिन्सका अलगा यमन र ताजिकस्तान पनि छन् । नेपालले अब दुई अवे र तीन होम म्याच खेल्नुपर्नेछ । यो छनोटलाई एन्फाले यसै बर्ष आयोजना हुने साफ च्याम्प्यिनसिपको तयारीका रुपमा हेरेको छ । एसियन छनोटका खेलबाट निखार्दै नेपालले साफ च्याम्पियनसिपको उपाधि जित्न सके नेपाली टोली दक्षिण एसियाको वास्तविक च्याम्पियन मात्र बन्ने छैन रोहितमाथिको आलोचना पनि पक्कै मथ्थर हुँदै जानेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.