9 years ago
April 14, 2017
एजेन्सी – युरोपा लिगको क्वार्टरफाइनल चरणको बिहिबार भएको पहिलो लेगको खेलमा म्यानचेस्टर युनाईटेड र बेल्जियन क्लब आन्देरलेक्टसंग १-१को बराबरी खेलेको छ।

खेलको ३७औं मिनेटमा म्यानचेस्टर युनाईटेडले हेनरिक मिखीतार्यानको गोलमा अग्रता बनाएको थियो। मार्कस र्यासफर्डको प्रहारलाई गोलरक्षकले बचाएपनी क्लिएर गर्न नसक्दा रिबाउन्डमा आएको बलमा हेनरिकले गोल गरेका थिए।
अवे मैदानमा महत्वपूर्ण जिततर्फ अग्रसर देखिएको युनाईटेडलाई खेलको ४ मिनेट समय बाँकी हुँदा धक्का लागेको थियो। लिएन्डर डेण्डन्करले हेडर मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। उनले इभान ओब्राडोभिचको क्रसलाई गोलमा परिणत गरेका थिए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]