9 years ago
April 14, 2017
मड्रिड (एजेन्सी)– चोटका कारण रियाल मड्रिडका फरवार्ड ग्यारेथ बेल च्याम्पियन्स लिग अन्तर्गतको बायर्न म्युनिखविरुद्धको अन्तिम ८ को खेलमा दोस्रो लेग गुमाउने सम्भावना देखिएको छ । बिहीबार बायर्नसँगको पहिलो लेगमा चोट कारण उनले मैदान छोडेका थिए ।

बायर्न सँगको पहिलो लेगमा चोटका कारण दोस्रो हाफमा बाहिरिएको रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले दोस्रो लेग गुमाउन सक्ने संभावना छ ।
बायर्नको घरेलु मैदानमा भएको पहिलो लेगमा रियल २–१ ले विजयी भएको थियो । दोस्रो हाफमा मैदानबाट बाहिरिएका बेलले भोली पल्ट रियलको प्रशिक्षणमा भाग लिएनन् । वेल्सका बेलले ला लिगामा स्पोर्टिंङ गिजोनसँगको खेलमा गुमाउने सम्भावना छ ।
खुट्टाको जोर्र्नीमा लागेको चोटका कारण लामो समय मैदान बाहिर रहेका बेलले पूर्ण रुपमा फिट नहुदै उनको पीडौलामा हल्का चोट लागेको छ । अर्को साता रियलले बार्यनलाई निम्त्याउँनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]