default_image

9 years ago

April 14, 2017

बाप्पेलाई भित्र्याउन म्याड्रिड ठूलो रकम खर्च गर्न तयार

230 views

0 Bookmark

मड्रिड (एजेन्सी) – रियल म्याड्रिडले मोनाकोबाट १८ वर्षीय युवा खेलाडीलाई भित्र्याउन ठूलो रकम खर्चन तयार रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

Mappe

बाप्पेमाथि म्याड्रिड बाहेक आर्सनल, चेल्सी , म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी लगायतका अन्य ठुला क्लबहरुले पनि चासो देखाएका छन् । बाप्पे बाल्याकलदेखीनै म्याड्रिडका समर्थक भएका कारण उनले अन्य क्लबहरु भन्दा म्याड्रिडलाई प्राथमिकता दिन सक्ने सम्भावना ज्यादा छ ।

फ्रान्सको राष्ट्रिय टोलीबाट दुई खेल खेलिसकेका बाप्पेले सन् २०१५ यता मोनाकोबाट ३३ खेल खेल्दै १३ गोल गरिसकेका छन् । उनको प्रतिभाकै कारण युवा स्ट्राइकर बाप्पेलाई म्याड्रिड लगायतका ठूला क्लबले विश्व कीर्तिमानी रकम खर्चिन तयार हुने छन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.