9 years ago
April 15, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती हुने स्पोर्टिंग गिहोन र रियल म्याड्रिडको खेलमा जित हात पारेमा रियलले बार्सिलोनासंग ६ अंकको अग्रता कायम गर्नेछ।

स्पोर्टिंगको घरेलु मैदानमा हुने खेलका लागि रियलका ग्यारेथ बेल चोटका कारण उपस्थित हुने छैनन् भने ड्यानी कार्भाजल प्रतिबन्धको कारण खेलमा उपस्थित हुने छैनन्। कार्भाजलको स्थानमा ड्यानिलोले खेल्ने प्रवल सम्भावना रहेको छ। पेपे र राफेल भारान चोटका कारण विश्राममा रहेकाले डिफेन्समा सर्जियो रामोस र नाचो फर्नान्डेजलाई लगातार ठुलो खेल खेल्नुपर्ने दबाब छ।
म्याड्रिडले लिगमा अर्को खेल बार्सिलोनासंग भिड्नेछ, त्यसैले जिदानले आफ्ना ठुला नामका खेलाडीलाई विश्राम दिएर युवा खेलाडीहरुलाई मौका दिन सक्नेछन्। अल्भारो मोराटाले फरवार्डको जिम्मा सम्हाल्दा हामेस रोड्रीग्वेज, लुकास भाज्केज, मारको एसेन्सियो लगायतका खेलाडीहरुले मिडफिल्डको बागडोर सम्हाल्नेछन्।
म्याड्रिडले स्पोर्टिंगको घरेलु मैदानमा खेलेको पछिल्लो ५ खेलमा कुनै गोल खाएको छैन भने स्पोर्टिंगले आफ्नो पछिल्लो २८ खेलमा जम्मा ३ खेल जितेको छ। रियलले आफुले खेलेको पछिल्लो २५ खेलमा २ खेलमात्र हारेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]