default_image

9 years ago

April 15, 2017

ला लिगामा बार्सिलोना सोसीडाडको सामना गर्दै

135 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – मालागासंगको हारपछि धक्का लागेको बार्सिलोनाले आफ्नु घरेलु मैदानमा रियल सोसीडाडको सामना गर्दैछ। च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युभेन्टससँग ३-० ले पछि परेको बार्सिलोनालाई लयमा फर्कन जित आवश्यक छ ।

अघिल्लो खेलमा म्याड्रिडसंग अंक दुरी छोट्याउने अवसर गुमाएको बार्सिलोनाले सातौं स्थानमा रहेको सोसीडाडसँगको खेलमा जित्दै पहिलो स्थानमा रहेको म्याड्रिडलाई दबाब कायमै गर्ने प्रयास गर्नेछ। दोस्रो स्थानमा रहेको बार्साको ६९ अंक छ जुन आफुभन्दा १ खेल कम खेलेको म्याड्रिड भन्दा ३ कम हो।

च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न बुधबार युभेन्टससंगको दोस्रो लेगमा ३ गोलले पछि परेको अवस्था उल्टाउनु पर्ने बार्सिलोनाले सोसीडाडसंग खेल्दा सावधानी अपनाउनु पर्ने जरुरी छ। बार्साका मास्सेरानो चोटका कारण खेल्ने छैनन् भने चोट मुक्त हुदै टुरान मैदानमा फर्किन सक्नेछन। मालागा विरुद्ध रातो कार्ड पाएका नेयमार भने प्रतिबन्धित रहनेछन।

अघिल्लो खेलमा स्पोर्टिंग गिहोनसँग जितेको सोसीडाडले अप्रिलमा तिन खेलमा १ जित, १ हार र १ बराबरी खेलेको छ । सोसीडाड एटलेटिको म्याड्रिडसंग १-० ले पराजित भएको थियो भने लेगानेससंग १-१ को बराबारी खेलेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.