10 years ago
October 11, 2015
राष्ट्रिय लिगमा आज ए.पि.एफले सुदुरको सामना गर्दैछ भने मनाङले मोरङ विरुद्ध खेल्नेछ|
मनाङसंग १-०को हारसंगै उपाधि दौडमा पछि परेको सशस्त्र, लुम्बिनि बिरुद्ध ५-१को फराकिलो जित हात पार्दै फेरि लयमा आएको छ| फरवार्ड अञ्जन विष्ट इरानबाट फर्केपछि पहिलो खेल खेल्दैछन् भने पछिल्लो खेलमा ह्याट्रिक गरेका लावति सुरुवाती रोजाईमा नपर्न सक्छन्| सशस्त्रका लागि राजेन्द्र रावल उपस्थित हुने छैनन् भने सुदुरका अनन्त तामाङ चोटका कारण खेल्ने नखेल्ने निर्णय हुन बाँकि छ|
उता उपाधि दौडमा लगातार दुई खेल अन्तिम मिनेटका गोलले जित हात पारेको मनाङ सहज जित हात पार्ने दाउमा छ| सशस्त्र विरुद्ध रुपेश केसी र झापा विरुद्ध अनिल गुरुङले अन्तिम मिनेटमा गोल गर्दै मनाङलाई जित दिलाएका थिए|
तर मनाङलाई यो खेल सहज भनेन नहुन सक्छ| डिफेन्डर विराज महर्जन, मुसा फिनिगे र मिडफिल्डर विशाल राई दोहोरो पहेंलो कार्डका कारण खेलमा सहभागि हुने छैनन् भने मोरङका लागि डोना थापा र छिरिङ गुरुङले पुनरागमन गर्नेछन्
मनाङलाई डोडोजले झापा विरुद्ध बोकेको चोट पनि टाउको दुखाइको विषय बन्न सक्छ| अनिल गुरुङ पनि लयमा नदेखिनु र सुजल श्रेष्ठ पनि घाइते भएको हुनाले दिपक राईको भुमिका निकै ठुलो हुनेछ
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]