9 years ago
April 15, 2017
स्पेन (एजेन्सी)– स्पेनिस अन्तर्राष्ट्रिय इस्कोले निर्णायकसहित २ गोल गरेपछि रियल मड्रिडले स्पोर्टिङ गिजोनलाई ३–२ ले हराउँदै स्पेनिस ला लिगाको उपाधि अभियानलाई थप बलियो बनाएको छ ।

यहि साता च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग क्वार्टरफाइनलको दोस्रो लेग खेल्नु पर्ने भएकाले प्रशिक्षक जिनेदिन जिदानले पहिलो रोजाइका ९ परिवर्तन गर्दा इस्को पहिलो रोजाइमा परेका थिए । २४ बर्षे उनले १७ औं मिनेटमा एकल प्रयासमा बराबरी गोल गरेका थिए ।
१४ औं मिनेटमा डिजी कोपले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । एथलेटिको बिबाओबाट लोनमा गएका मिडफिल्डर मिकेल भेस्गाले दोस्रो हाफको पाँच मिनेटमा गोल गरेपछि गिजोनले अग्रता लिएको थियो । अल्भारो मोराटाले हेडमार्फत सिजनको १२ औं गोल गरेपछि रियल खेलमा फर्केको थियो ।
अन्तिम आठ सेकेन्डको खेल बाँकी रहँदा इस्कोले गोल गरेर टोलीले महत्वपूर्ण जित अंक जोड्यो । यो सफलतापछि बार्सिलोनामाथि दबाब बढेको छ । आजै बार्सिलोनाले रियल सोसिडाडको सामनना गर्नेछ । अहिले समान ३१ खेलको समाप्तीमा शीर्षस्थानको रियलको ७५ र बार्सिलोनाको ६९ अंक छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]