9 years ago
April 16, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिग अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ३-२ले पराजित गरेको छ

खेलको १७औं मिनेटमा लियोनेल मेस्सीको गोलले अग्रता लिएको थियो। मेस्सीले पोष्टभन्दा करिब २५ यार्ड बाहिरबाट गरेको प्रहार सिधै गोलना परिणत भएको थियो। बार्सिलोनाले पुन: मेस्सीकै गोलमा अग्रता दोब्बर परेको थियो। मेस्सीले ३७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-०को अग्रता दिलाएका थिए। लुइस सुआरेजको सुरुवाती प्रहारलाई गोलरक्षकले फर्काएको बलमा मेस्सीले सहजे गोल गरेका थिए।
खेलको ४२औं मिनेटमा बार्साका डिफेन्डर स्यामुएल उम्टिटीले आफ्नै पोष्टमा गोल गरेपछि सोसिडाड खेलमा फर्किएको थियो। तर, त्यसको २ मिनेट नबित्दै नेयमारको प्रतिबन्धका कारण सुरुवाती एघारमा स्थान पाएका फ्रानसिस्को अल्कासेरले गोल गर्दै बार्सिलोनाको २ गोलको अग्रता पुन: कायम गरे। उनले मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
पहिलो हाफको इन्ज्युरी समयको दोश्रो मिनेटमा सोसीडाडले फेरी अग्रता घटायो। विलियन जोसेको क्रसमा जबिएर प्रिएटोले भलीमार्फत गोल गर्दै खेललाई ३-२को स्थितिमा ल्यायो। खेलको दोश्रो हाफमा थप गोल हुन नसकेपछि बर्सिलिना विजयी भएको थियो।
जितसंगै बार्सिलोना ३२ खेलमा ७२ अंक जोडेर अंक तालिकाको दोश्रो स्थानमा रहेको छ। शीर्षस्थानमा रहेकोरियल म्याड्रिडको ३१ खेलमा ७५ अंक छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]