9 years ago
April 16, 2017
एजेन्सी – इङ्गलिस प्रिमिएर लिग अन्तर्गत आइतबार राती हुने खेलमा शीर्षस्थानमा रहेको चेल्सीले म्यानचेस्टर युनाईटेडको सामना गर्दैछ।

यी दुई टोलीबीचको पछिल्लो ६ खेलमा चेल्सीले ३ जित हात परेको छ भने ३ खेल बराबरीमा टुंगिएको छ। युनाईटेड र चेल्सीले गत महिना एफए कपमा खेल्दा चेल्सी १-०ले विजयी भएको थियो। त्यस खेलमा चेल्सीका लागि कान्टेले एकमात्र गोल गरेका थिए।
यस खेलका लागि चेल्सीका सबै खेलाडी फिट छन् र प्रशिक्षक एन्टोनियो कोन्टेले आफ्नो सर्वोत्कृष्ट सुरुवाती ११लाई मैदानमा उतार्नेछन्। म्यानचेस्टर युनाईटेडको भने चोटका कारण डिफेन्डर क्रिस स्मलिङ, फिल जोन्स र मिडफिल्डर वान माटा उपलब्ध हुने छैनन्। वायेन रोनी पनि पूर्ण रुपमा फिट नभएकाले बेन्चमै बस्न सक्नेछन्। यद्दपी युनाईटेडका लागि गोलरक्षक डेविड डे हेय चोटका कारण पछिल्लो २ खेल नखेलेकाले यस खेलका लागि उपलब्ध हुने सम्भावना छ।
चेल्सीले आफ्नो पछिल्लो २५ लिग खेल मध्ये २१ मा जित हात पारेको छ भने म्यानचेस्टर युनाईटेड पचिल्ल्लो २१ खेलमा अपराजित रहेको छ। यद्दपी युनाईटेडले घरेलु मैदानमा खेलेका पछिल्ला ३ खेलमा अंक बाँडेको छ। चेल्सी युनाईटेडसंगको पछिल्लो १२ खेलमा अपराजित रहेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]