default_image

9 years ago

April 16, 2017

पानामाका फूटबल खेलाडी हेनरीकेजको गोली हानेर हत्या

168 views

0 Bookmark

एजेन्सी- पानामाका फूटबल खेलाडी अमिलकर हेनरीकेज हत्या भएको छ । राष्ट्रिय टोलीबाट ७५ खेल खेलेका क्लब अरबे युनिडोका अनुभवी मिडफिल्डर अमिलकर हेनरीकेजको शनिबार आफ्नै गृहनगर निउभो कोलोनमा केहि अज्ञात समुहद्वारा गोली हानी हत्या गरिएको हो। उनलाई तत्काल उपचारका लागी अस्पताल लगिएपनि चिकित्सकको टोली उनको ज्यान बचाउन असमर्थ रहे । 

पानामा फुटबल संघ तथा अरबे युनिडो फुटबल क्लबले मृतक खेलाडी प्रति श्रद्धांजलि दिएका छन , ” आफैले चयन गरेको खेलाडीको मृत्युले हामीलाई मर्माहत बनाएको छ, मृतकको आत्माले शान्ति पाओस “। अरबे युनिडो फुटबल क्लबले लेख्छ- ” सधै मैदानमा आफ्नो दिलोज्यान दिएर खेल्ने एउटा खेलाडीको मृत्युको खबरले हामीलाई शोकाकुल बनाएको छ”।

 मेक्सिको राष्ट्रिय टोलीले पनि हेनरीकेजको मृत्युले हामीलाई दुखद बनाएको र सम्पूर्ण पानामा राष्ट्रिय टोलीसंगै शोक सभामा सामेल हुने बताएको छ । सन् २००५ मा पहिलो पटक राष्ट्रिय टोलीमा सामेल भएका उनी अगिल्लो महिना रुसमा हुने २०१८ को वर्ल्डकप छनोट खेलमा अमेरिका बिरुद्दको खेलमा समिल भएका थिए जुन खेल १-१ को बराबरीमा टुंगिएको थियो |

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.