default_image

9 years ago

October 11, 2015

मनाङ ७-१ मोरङ; रवि पसवानको ह्यट्रीक

150 views

0 Bookmark

काठमाडौं, असोज २४ गते ।

आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको दोस्रो खेलमा मनाङ मर्श्याङ्दी क्लबले मोरङ एफसिलाई ७-१ले पराजित गरेको छ । मनाङको लागि रवि पसवानले ह्यट्रीक गरेका थिए । यो जितले मनाङ अंक तलिकाको दोस्रो स्थानमा पुगेको छ । मनाङ समान खेल खेलेको थ्री स्टार भन्दा १ अंकले पछाडी र नेपाल अर्मी भन्दा १ अंकले अगाडी छ । 

तस्बिर: मनोज घिमिरे फेसबुक

तस्बिर: मनोज घिमिरे फेसबुक

खेलको सुरुवातबाटनै आक्रमक देखिएको मनाङले पहिलो गोलको लागि भने ३९औं मिनट सम्म कुर्न पर्‍यो, रवि पसवानले गोल गर्दै आग्रता दिलए र त्यस्को पांच मिनटमै सुबस गुरुङले गोल गरेपछी मनाङले हाल्फ टाईममा २-० आग्रता लियो । दोस्रो हल्फको पांचौ मिनटमा बुद्धिमान राईले गोल गरेर २-१ बनाए पनि ६० मिनटमा अशिश लामाले गोल गरेपछी ३-० पछाडी परेको मोरङलाई खेलमा फर्किन गाह्रो पर्‍यो । पासवानले ६९औं र ८१औं मिनटमा गोल गर्दै ह्यट्रीक पुरा गरे । मनाङको लागि अन्य गोल सुशिल केसिले ६२औं र अशिश लामाले ८९औं मिनटमा फेरी अर्को गोल गरे ।

खेलको म्यान अफ द म्यात्च रवि पसवान भए । अब बांकी भएको दुबै खेल जितेको खण्डमा मनाङले लिग जित्नेछ ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.