default_image

9 years ago

April 16, 2017

इन्डोनेसियामा रोहितको क्लबको विजयी सुरुवात

120 views

0 Bookmark

जाकार्ता (एजेन्सी)- इन्डोनेसियाको लिगा १ अन्तर्गत आइतबार भएको खेलमा रोहित चन्दको क्लब पर्सिजा जाकर्ताले पर्सिबा बालिकपापानलाई २-०ले हराउँदै लिगमा सुखद सुरुवात गरेको छ।

खेलको दुवै गोल दोश्रो हाफमा भएको थियो। लुइज जुनियरको ५६औं मिनेटमा गरेको गोलले खेलमा अग्रता लिएको पर्सिजाले विडोडोको ७२औं मिनेटको गोलले खेलमा जित पक्का गरेको थियो। रोहितले खेलको पुरै समय खेलेका थिए।

पर्सिजाले लिग अन्तर्गत आफ्नो दोश्रो खेल शनिबार खेल्नेछ। घरेलु मैदानमा हुने उक्त खेलमा पर्सिजाले बारिटो पुटेराको सामना गर्दैछ। बारिटोले यस साता भएको आफ्नो खेलमा १-०को जित हात पारेको थियो।

रोहितले गत सातामात्र पर्सिजासंग अनुबन्धन गरेका थिए। रोहितको यस किलबमा यो दोश्रो बसाईं हो। यसअघि सन् २०१३ देखि २०१५सम्म रोहित यसै क्लबबाट खेलेका थिए।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.