9 years ago
April 17, 2017
लन्डन (एजेन्सी)– रोर्बेटो फेर्मिनोले सिजनको व्यक्तिगत ११औ गोल गरेपछि प्रिमियर लिगमा आइतबार लिभरपुलले वेस्ट ब्रुमविचलाई १–० ले हराएको छ । पहिलो हाफको इन्जुरी समयमा फेर्मिनोले गरेको गोलनै लिभरपुललाई जित दिलाउन पर्याप्त रह्यो । जेम्स मिल्नरको फ्रिकिकलाई लुकास लिभाले फ्लिक गर्दै मिलाएको बललाई फेर्मिनोले हेडमार्फत गोल गरेका थिए ।

जितपछि ६६ अंकका साथ लिभरपुल तेस्रो स्थानमा छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएपछि चेल्सी शीर्षस्थानमा यथवात छ ।
३२ खेलमा चेल्सीको ७५, दोस्रो स्थानको टोटेनह्यामको ७१ अंक छ । तेस्रो स्थानका लिभरपुलले शीर्ष दुई टोलीको भन्दा एक खेल बढी खेलेको छ । म्यानेचस्टर सिटी ६४ अंकसहित चौथो र म्यानचेस्टर युनाइटेड ६० अंकसहित पाँचौं स्थानमा छ । वेस्टब्रुम आठौं स्थानमा यथावत छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]