9 years ago
April 17, 2017
दिपक बोहोरा
पाँचथर- पथरी स्पोर्टिङ क्लब फिदिममा जारी प्रथम पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम उच्च माविको खेल मैदानमा सोमबार भएको खेलमा नेपाल प्रहरी पूर्वाञ्चललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै पथरी स्पोर्टिङ क्लबले अन्तिम चारमा स्थान पक्का गरेको हो । पथरीको जितमा कृष्ण राईले दुई तथा साइमन लिम्बु र दिपक राई एक–एक गोल गरे ।

एकपक्षीय बनेको खेलमा पथरीले आठौं मिनेटमा साइमन लिम्बुको गोलबाट अग्रता लिएको थियो । ४० अैं मिनेटमा कृष्ण राईले गोल गर्दै पथरीको अग्रता दोब्बर पारे । पुलिसका गोलरक्षक निकै अगाडी बढेको अवस्थामा कृष्णले गोल गरेका हुन् । दोस्रो हाफको ४९ औं मिनेटमा पथरीका लागि कृष्ण राईले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ६३ औं मिनेटमा दिपक राईले गोल गर्दै पथरीलाई जित दिलाए । पथरीविरुद्ध पूवौञ्चल प्रहरीले कुनै दवाव सिर्जना गर्न सकेन । पथरीका दीपक राई खेलको म्यान अफ दि म्याच घोषित हुदै नगद २००० रुपैंया प्राप्त गरे । पथरीले अब फाइनल प्रवेशका लागि ६ गते एपिएफ पुर्वाञ्चलसँग खेल्नेछ ।
खेलपछि हाम्रोखेलकुदसँग कुरा गर्दै नेपाल प्रहरी पुर्वाञ्चलका प्रशिक्षक जितेन्द्रकुमार शाहले आफ्नो खेलाडीले राम्रो प्रर्दशन गर्न नसक्दा हार भोग्नु परेको बताए । ‘फाइनल पुग्ने लक्ष्यका साथ पाँचथर आएपनि खेलमैदानको अनुभव नहुदा पराजित हुन पुग्यो ।’ प्रशिक्षक शाहले भने । यता विजयी टोली पथरीका प्रशिक्षक दिपक पुलामीले आफ्ना खेलाडीले सोचेअनुरुप प्रर्दशन गर्दा सहज जित हात पार्न सकेको बताए । सेमिफाइनलमा एपिएफ पूर्वाञ्चललाई डम्बर स्मृति गोल्डकपमा पराजित गरिसकेकाले टिम फाइनल पुग्नेमा ढुक्क रहेको प्रशिक्षक पुलामीले थपे ।
प्रतियोगिता अन्तर्गत मंगलबार बिर्ता युनाइटेड र मिसन युनाइटेड ताप्लेजुङबीच खेल हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]