9 years ago
April 17, 2017
लन्डन (एजेन्सी)– चेल्सीका कप्तान जोन टेरीले सिजनको अन्त्यसँगै क्लबसँगको लामो सहकार्यको अन्त्य गर्ने भएका छन् । टेरी र चेल्सीले संयुक्त रुपमा विज्ञप्ती जारी विज्ञप्तीमा सिजनको अन्त्यपछि क्लब छोड्ने जानकारी दिइएको छ ।

‘ एउटा महान क्लबमा २२ बर्ष विताएपछि धेरै भन्नु छ र धेरैलाई धन्यवाद दिनुछ ’ टेरीले चेल्सी एफसी डटकमलाई भनेका छन्,‘प्रशिक्षक, टोलीका साथीहरु, स्टाफ, समर्थकले यत्रो बर्ष निकै साथ दिए । सम्भवत, सबैलाई धन्यवाद दिन सक्दिन ।’ सिजनको अन्त्यपछि क्लबमा नहुने जनाउँदै टेरीले भनेका छन्,‘तर यो सिजनमा सफलता दिलाउन म टोलीलाई सहयोग गर्न प्रतिबद्ध छु ।’ पाँचौं पटक लिग उपाधि जित्ने अभियानमा रहेको चेल्सीका लागि एन्टोनियो कोन्टेको नेतृत्वमा टेरीले यो सिजन ५ पटकमा खेल्ने मौका पाएका छन् ।
‘उनी असाधारण खेलाडी, प्रेरणादायी कप्तान र सतप्रतिशत प्रतिबद्धता भएका खेलाडी हुन्’ टेरीका बारेमाक्लबका निर्देशक मारिना ग्रानोभस्केयिाले भने, ‘उनको कप्तानीमा टालीले विश्वकै उत्कृष्ट टोलीमध्येको एकको छवि बनाएको थियो । उनको योगदानको उच्च कदर हुनेछ र भविष्यमा पनि उनलाई क्लबमा स्वागत गर्न पाउने विश्वास छ ।’
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]