9 years ago
April 18, 2017
दिपक बोहोरा
फिदिम – बिर्ता युनाइटेड झापा पाँचथरमा जारी प्रथम पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

फिदिम मा.बिको मैदानमा मंगलबार भएको खेलमा मिसन युनाइटेड ताप्लेजुङलाइ ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै बिर्ता युनाइटेड झापा अन्तिम चारमा प्रवेश गरेको हो। बिर्ताको जितमा राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईले ह्याट्रिक गरेका थिए। विशालको ह्याट्रिक सहित निशान खड्का र बुद्ध चेम्जोङले एक एक गोल गरेका थिए।
खेलको १२ औं मिनेटमा बिर्ता युनाइटेडका बिशाल राइ ‘बि’ले गोल गर्दै बिर्तालाई अग्रता दिलाएका थिए। ताप्लेजुङका डिफेन्सले बललाई पुर्णरुपमा क्लियर गर्न नसक्दा बिशालले गोल गरेका थिए। दोश्रो हाफको ५३अौं मिनेटमा बिशालले पुन: गोल गर्दै झापाको अग्रता दोब्बर पारे।
५८औं मिनेटमा झापाका निशान खड्काले फ्रिकिक बाट सुन्दर गोल गरेका थिए । ६८अौं मिनेटमा बिशाल राई गोल गर्दै ह्याटिक पुरा गरे । बिशालको प्रहार गोलरक्षकले नियन्त्रणमा लिन खोज्दा गुमेपछि गोल भएको थियो । खेलको इन्जुरी समयमा झापाका बुद्ध चेम्जोङले गोल गर्दै बिर्तालाइ सेमिफाइनल पुर्याएका थिए । खेलको ६६औं मिनेटमा मिसन युनाइटेडका मन्जित लिम्बुले सान्तवना गोल फर्काएका थिए । ह्याट्रिक गरेका बिशाल राइ खेदको म्यान अफ दि म्याच बने। उनले नगद २००० प्राप्त गरे ।
खेलपछि हाम्रोखेलकुदसंग कुरा गर्दै आफु भन्दा कमजोर प्रतिद्वन्द्वी भएकाले जित सहज भएको बिर्ता युनाइटेडका टिम व्यवस्थापक टेकराज सुब्बले बताए। ताप्लेजुङका प्रशिक्षक प्रकाश लिम्बुले आफ्नो टिम मनोवैज्ञानीक रुपमा पुर्ण तयार नहुँदा पराजित हुन परेको बताए। बिर्ता युनाइटेड पुषमा फिदिममा सम्पन्न भएको आठौं फाल्गुनन्द गोल्डकपको बिजेता समेत हो ।
आजको खेल संगै पाँचथर गोल्डकपको पहिलो चरणका सबै खेल सकिएका छन्। रेडहर्स इलाम , पथरी स्पोर्टिङ क्लब र एपिएफ पुर्वाञ्चल यसअघि नै सेमिफाइनल प्रवेश गरीसकेका छन्। बिर्ता युनाइटेडले फाइनल प्रवेशको लागि बिहिबार रेडहर्स इलामको सामना गर्ने छ।
पाँचथर गोल्डकपमा बुधबारको पहिलो सेमिफाइनल खेल
पथरी स्पोर्टिङ क्लब र एपिएफ पुर्वाञ्चल
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]