9 years ago
April 19, 2017
लेस्टर(एजेन्सी)– एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गए राती क्वार्टरफाइनलको दोस्रो लेगमा लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएपनि पहिलो लेगको १–० को जित हासिल गरेको एट्लेटिको अन्तिम चारमा पुगेको हो । समग्रमा २–१ को अग्रताका सहित एट्लेटिको सेमिफाइनल पुगेको हो ।

अर्को क्वार्टरफाइनलमा वायर्न म्युनिखलाई समग्रमा ६–३ ले पछि पार्दै साविक विजेता रियल मड्रिड अन्तिम चारमा पुगेको थियो । पहिलो लेगमा रियल २–१ ले विजयी भएको थियो ।
एटलेटिकोको घरेलु मैदानमा पहिलो लेग १–० ले गुमाएको लेस्टरले बराबरीका लागि थ्रुपै प्रयास गरेपनि सफल हुन सकेन । पहिलो हाफमा सौल निग्वेजको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । तर, जेमी भार्डीले ६१ औं मिनटमा गोल फर्काएपछि टोली खेलमा फर्कने सम्भावना देखिएको थियो । तर, त्यसपछि टोलीले अर्को गोल थप्न सकेन ।
खेलको २६ औं मिनेटमा निग्वेजको हेडमार्फत गोल गरेपछि लेस्टरलाई ३ गोल फर्काउनु पर्ने दबाब थियो । लेस्टरले पहिलो सहभागितामै क्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो । गए रातीको हारसँगै यो सिजन च्याम्प्यिन्स लिगमा इङ्लिस क्लबको चुनौति समाप्त भएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]