9 years ago
April 19, 2017
दिपक बोहोरा
फिदिम– एपिएफ पूर्वाञ्चल प्रथम पाँचथर गोल्ड कप प्रतियोगिताको फाइलनमा पुगेको छ । पथरी स्पोर्टिङ क्लब युनाइटेडमाथि बुधबार सेमिफाइनलमा ३–० को एकपक्षिय नतिजा निकाल्दै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफले रेडहर्स इलाम र विर्ता युनाइटेड झापाबीचको विजेतासँग फाइनल खेल्नेछ ।

फिदिम माविको मैदानमा एपिएफलाई जित दिलाउन बुद्धिमान राई , सुशिल राई र झलक गुरुङले गोल गरेका थिए । तेस्रो मिनेटमा बुद्धिमानले लामो प्रहारमा गोल गर्दै अग्रता दिलाएको एपिएफका लागि १२ औं मिनेटमा सुशिलले गोल थपेका थिए । बुद्धिमानको प्रहारलाई विपक्षी गोलकपरले नियन्त्रणमा लिन नसकेपछि त्यहि रिबाउन्डमा सुशिलले गोल गरेका थिए । ७१ औं मिनेटमा झलकले गोल थपेपछि एपिएफको जित सहज बनेको थियो । पथरीका रक्षकले क्लियर गर्न नसकेको बलमा झलकले गोल गरेका थिए । बुद्धिमान खेलको म्यान अफ दी म्याच बनेर उनले २ हजार रुपैयाँ प्राप्त गरे ।
एपिएफका प्रशिक्षक बलबहादुर गुरुङले सोचे भन्दा राम्रो प्रदर्शन गरेको बताए । उनले फाइनलमा सेमिफाइनलका गल्तिमा सुधार गर्ने पनि जनाए । पथरीका प्रशिक्षक दिपक पुलामीले भने खेलाडीहरुले सोचे अनुरुप खेल्न नसकेको बताए ।
पाँचथर गोल्ड कपको दोस्रो सेमिफाइनल बुधबार: रेडहर्स इलाम र विर्ता युनाइटेड झापा
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]