9 years ago
April 20, 2017
दिपक बोहोरा
फिदिम – विर्ता युनाइटेड झापा पाँचथरमा जारी प्रथम पाँचथर गोल्डकप प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको छ। चार महिनाको अवधिमा बिर्ता युनाइटेड झापा फिदिममा दोश्रो उपाधि नजिक पुगेको हो।

फिदिम माविको मैदानमा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा रेडहर्स इलामलाई २–१ गोलको अन्तरले पराजित गर्दै विर्ता युनाइटेड झापा फाइनल प्रवेश गर्दै एपिएफ पुर्वाञ्चल संगको भेट पक्का गरेको छ । बिर्ताको जितमा योगेश गुरुङ र बिशाल राईले एक एक गोल गरे । खेलको नवौं मिनेटमा बिर्ताका योगेश गुरुङको लामो प्रहार गोलमा परिणत भएपछि खेलमा बिर्ताले अग्रता लिएको थियो। तर, बिर्ताको अग्रता धेरै बेर टिक्न सकेन। खेलको १७औं मिनेटमा रेडहर्सका मनिष थापाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । मनीषले वन भर्सेज वनमा सुन्दर गोल गरेका थिए। खेलको ७७औं मिनेटमा बुद्ध चेम्जोङको प्रहार इलामका रक्षकले क्लियर गर्न नसक्दा फर्केर आएको बलमा झापाका बिशाल राइले गोल गरेका थिए।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिम निकै आक्रमक खेल प्रदर्शन गरेका थिए। खेलको ७८औं मिनेटमा वन भर्सेज वनको स्थितीमा झापाका बिशाल राई गोल गर्न चुकेका थिए। पहिलो हाफमा राम्रो खेल प्रर्दशन गरेको झापालाइ दोश्रो हाफमा इलामले केहि दबाबमा राखेको थियो । इलामले आफ्नो पहिलो खेलमा डिएफसि मोरङलाइ हराएको थियो भने झपाले मिसन युनाइटेड ताप्लेजुङलाइ पराजित गरेको थियो।
आजको खेलको म्यान अफ दि म्याच रेडहर्स इलामका छिरिङ गुरुङ भए। उनले नगद २००० प्राप्त गरे। बिर्ता युनाइटेडले फाइनलमा शनिबार पुर्वाञ्चल एपिएफको सामना गर्नेछ।
खेल पछि हाम्रो खेलकुद संग कुरा गर्दै झापाका टिम व्यवस्थापक टेकराज सुब्बाले आफ्नो टिमले राम्रो खेल्दा खेल्दै पनि स्कोरीङ गर्न चुकेको बताए। उनले फाइनलमा यस्तो गल्ती दोहरीन नदिने बताए। रेडहर्सका टिम व्यवस्थापक सेवक देवानले पाएका अवसर गुमाउँदा खेल हार्न परेको बताए। बिर्ता युनाइटेड झापा पुसमा फिदिममा सम्पन्न भएको आठौँ फाल्गुनन्द गोल्डकपको विजेता समेत हो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]