9 years ago
April 21, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले नेयमारको प्रतिबन्धमा पुनरावलोकन गर्न कोर्ट अफ आर्बिट्रेसन (कास) समक्ष अपिल गरेको छ ।

स्पेनिस ला लिगामा मालगासंगको खेलमा रातो कार्डको सामना गरेका नेयमारले रेफ्रीलाई व्यंग्यात्मक रुपमा ताली बजाउदै मैदान बाहिरिएका थिए । त्यसमा थप कारवाही स्वरुप दुई खेलमा प्रतिबन्ध गरेपछि उनले ३ खेल खेल्न नपाउने भएका छन् । स्पेनिस अपिल समितिले यसअघिको अपिल खारेज गरेपछि बार्सिलोनाले कासमा अपिल गरेको हो । अपिल गर्न पाउने अन्तिम दिन आज बार्सिलोनाले कासमा अपिल गरेको हो ।
बार्सिलोनाको पक्षमा कासले निर्णय गरेमा नेयमारले रियल म्याड्रिड विरुद्ध आइतबार हुने ‘एल क्लासिको’ मा खेल्न पाउनेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]