default_image

9 years ago

April 22, 2017

बार्सिलोना र रियल म्याड्रिड युथ च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिर

172 views

0 Bookmark

न्योन (एजेन्सी) – बार्सिलोना फुटबल क्लब र रियल म्याड्रिडका युवा टोली सेमिफाइनलको पराजय पछि यूइएफए युथ लिगबाट बाहिरिएका छन्। बार्सिलोनालाई हराउदै अष्ट्रीयाको साल्जबर्ग र रियललाई हराउँदै पोर्चुगलको बेन्फिकाको युवा टोली युवाहरुको च्याम्पियन्स लिग मानिने युथ लिगको फाइनल प्रवेश गरेका छन्।

Real Barca Youth

बार्सिलोना १-२ स्लाजबर्ग

शुक्रबार भएको पहिलो खेलमा बार्सिलोनाको अग्रतालाई उल्टाउँदै साल्जबर्गले २-१ को विजयी नतिजा निकालेको हो । स्विट्जरल्याण्डको न्योन स्थित कोलोभरे स्पोर्ट्स सेन्टरमा भएको पहिलो सेमिफाइनल खेलमा जोर्डी एम्बौलाको १९औं मिनेटको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । बार्सिलोनाको पहिलो हाफको अग्रतालाई दोस्रो हाफमा हानेस वुल्फले ६३औं  मिनेटमा गोल गर्दै बराबरीमा पुर्याएका थिए । वुल्फले यस प्रतियोगिताको ६ खेलमा ७ गोल गरिसकेका छन् । वुल्फको गोलमा खेलमा फर्किएको साल्जबर्गकालागि दोस्रो हाफमा मैदान प्रवेश गरेका डाका प्याट्सनले विजयी गोल गरेका थिए । प्याट्सनको यो प्रतियोगिताको पहिलो खेल थियो ।

रियल २-४ बेन्फिका

कोलोभरे स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बेन्फिकाले रियल म्याड्रिडलाई ४-२ ले हराउदै फाइनलको यात्रा तय गरेको थियो । पहिलो हाफको १९ मिनेट भित्र ३ गोल गरेको बेन्फिकाले खेल आफ्नो पक्षमा पारेको थियो । जो फेलिक्सले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै बेन्फिकालाई अग्रता दिलाएका थिए भने जो फिलिपेले १७औं मिनेटमा बेन्फिकाको अग्रता दोब्बर गरे । फिलिक्सको १९औं मिनेटको गोलले बेन्फिका ३-० को बलियो स्तिथिमा पुग्यो । रियलका लागि डानी गोमेजले गोल गर्दै पहिलो हाफमा रियलको आशा कायमै राखे।

पहिलो हाफमा ३-१ को स्थितिमा रहेको रियलका लागि जेमी सियोनीले ५५औं मिनेटमा गोल गर्दै खेलमा पुनरागमनको सम्भावना देखाए तर म्याड्रिडले बराबरी गोल गर्न नसक्दा फिलिपेले निर्धारित समयको अन्त्यपछिको इन्जुरी समयमा आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै बेन्फिकाको ४-२ को जित सुनिश्चित गरे ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.