9 years ago
April 22, 2017
जाकार्ता (एजेन्सी)- इन्डोनेसियाको लिगा १ अन्तर्गत रोहित चन्दको क्लब पर्सिजा जाकार्ताले सिजनको दोस्रो खेलमा बारिटो पुटेरासंग १-१ को बराबरी खेलेको छ । पहिलो रोजामा परेका रोहितले पुरा समय खेलेका थिए ।

तस्बिर : juara.net
पहिलो खेलमा २-० को जित हासिल गरेको जाकार्ता दोस्रो खेलमा १-० ले पछि परेर पनि पुनरागमन गर्दै बराबरी गर्न सफल भएको थियो। खेलको दुवै गोल दोश्रो हाफमा भएको थियो ।
खेलमा ६९ औं मिनेटमा थिएगो कुन्हाको गोलमा पर्सिजा जाकार्ता पछि परेको थियो । ७२ औं मिनेटमा गोल फर्काउदै लुइस जुनियरले रोहितको टोलीलाई बराबरीमा पुर्याएका थिए ।
दुइ खेलमा ४ अंक सहित पर्सिजा दोस्रो स्थानमा छ । पहिलो , दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीको समान ४ अंक छ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]