9 years ago
April 23, 2017
स्पेन (एजेन्सी)- स्पेनिस ला लिगा अन्र्तगत सिजनको अन्तिम ‘एल क्लासिको’ भिडन्त रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुदैछ । खेल नेपाली समयअनुसार आइतबार राति १२ः३० बजेपछि हुनेछ । स्पेनिस लालिगामा एक खेल कम खेलेको रियल बार्सिलोनाभन्दा तीन अंकले अघि छ ।
यस्तोमा घरेलु मैदानमा हुने ‘एल क्लासिको’ जित्न सके रियलले आफ्नो उपाधि यात्रालाई थप मजबुत बनाउनेछ । ला लिगामा पाँच चरणका खेल बाँकी रहँदा आइतबार राति हुने ‘एल क्लासिको’ले नै उपाधिको छिनोफानो गर्नेछ । लिगमा ३२ चरणको खेल सकिदा रियलको ७५ तथा बार्सिलोनाको ७२ अंक छ । च्याम्पियन्स लिग अन्र्तगत बायर्न म्युनिखविरुद्धको पहिलो लेगमा घाइते भएर दुई खेल गुमाएका स्टार ग्यारेथ बेलले बार्सिलोनाविरुद्धको खेलबाट मैदान फर्कने पक्का भएको छ । यसले रियलको अग्रपङ्ति थप मजवुत हुनेछ ।
यस्तै रियललाई च्याम्पियनस लिगको १ सय गोल पुरा गरेका पोर्चुगिज क्रिष्टियानो रोनाल्डो, करिम बेन्जेमा र स्पोर्टिङ गिजोनविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेका इस्काको साथ रहनेछ । रियल म्याड्रिडमा जिनेदिन जिदान प्रशिक्षक भएर आएयता रियलले एल क्लासिको गुमाएको छैन । जिदानको प्रशिक्षणमा सन् २०१६ अप्रिलमा रियलले २–१ को जित निकालेको थियो । यस्तै डिसेम्बरमा एक–एक गोलको बराबरी खेलेको थियो । रियलको घरेलु मैदानमा हुने यस सिजनको अन्तिम एल क्लासिको गुमाए क्याटलान जाइन्ट बार्सिलोना स्पेनिस ला लिगाको उपाधि यात्रा निकै कमजोर बन्ने छ । खेल गुमाए बार्सिलोना रियलभन्दा ६ अंकले पछि पर्नेछ । जुन उपाधिभन्दा निकै टाढा हुनेछ ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको बार्सिलोनासँग रियलसँग पनि पराजित भए एकमात्र उपाधि हातमा हुनेछ । बार्सिलोना स्पेनिस कोपा डेलरे उपाधि नजिक छ । बार्सिलोना बिहिबार युभेन्टससँग दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा ३–० को हार बेहोर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । बार्सिलोनाले एल क्लासिकोका पछिल्लो ६ मध्ये २ खेल गुमाएको छ । आइतबार पनि रियलमाथि बार्सिलोना नै हावी हुने देखिन्छ । तर, रियलमा जिनेदिन जिदान प्रशिक्षक भएर आएपछि बार्सिलोनाले रियललाई पराजित गर्न सकेको छैन । यस्तोमा ब्रजिली स्टार नेयमार पनि टिममा नहुदा बार्सिलोेनालाई समस्या हुन सक्नेछ । मालगाविरुद्धको खेलका क्रममा रेफ्रीलाई व्यङ्ग्यात्मक तरिकाले गाली गरेपछि उनलाई चार खेलमा प्रतिबन्ध सुनाइएको थियो । बार्सिलोनाले नेयमारविरुद्धको प्रतिबन्धमाथि कोर्ट अफ आर्बिटेसनमा अपिल गरेपनि अपिल खारेज भएको थियो ।
गत डिसेम्बरमा बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको एल क्लासिको एक–एक गोलको बराबरीमा सकिएको थियो । लुईस स्वारेजले बार्सिलोनालाई दिलाएको अग्रतालाई रियलका कप्तान सर्जियो रामोसले इन्जुरी समयमा गोल गर्दै सम्भावित हार टारेका थिए । एल क्लासिकोको सर्वाधिक गोलकर्ताको सुचीमा बार्सिलोनाका लियोनेल मेस्सी रहेका छन् । उनले २१ गोल गरेका छन् । रियलका पूर्व खेलाडी अल्फ्रेडो डि स्टेफानो १८ गोलसहित दोस्रो तथा रियलकै क्रिष्टियानो रोनाल्डो १६ गोलसहित तेस्रो स्थानमा छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]