default_image

9 years ago

April 26, 2017

सिएमजी क्लब संकटा फाइनलमा

131 views

0 Bookmark

वीरगंज (हाम्रो खेलकुद) – सीएमजी क्लब संकटा प्रथम विशाल मेमोरियल कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

Sankata

आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३-०ले पराजित गर्दै संकटा फाइनलमा पुगेको हो। संकटाको जितमा विदेशी खेलाडी अजायी मार्टिन्सले २ गोल गरेका थिए भने राज पौडेलले १ गोल गरे।

खेलको १७औं मिनेटमा मार्टिन्सले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। खेलको ३०औं मिनेटमा पुलिसका बुद्ध लामाले रातो कार्ड खादैं मैदान छाडेका थिए दोश्रो हाफको सुरुवातमै संकटा पुलिसमाथि हावी भएको थियो।

४८औं मिनेटमा मार्टिन्सले संकटाका लागि दोश्रो गोल गरे भने त्यसको ४ मिनेट पछि राज पौडेलले संकटालाई ३-०ले अगाडी बढाएका थिए।

गतवर्ष ७ वटा नकआउट प्रतियोगिताको फाइनल यात्रा तय गरेको संकटाले ३ उपाधि जितेको थियो। यस वर्षको पहिलो प्रतियोगितामै संकटा फाइनल पुगेको हो। विशाल स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

विशाल स्मृति गोल्डकपमा बिहिबारको खेल
नव जना जागृति विरुद्ध त्रिभुवन आर्मी

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.