default_image

9 years ago

April 26, 2017

साविक विजेता एनएफसी उपाधि नजिक

169 views

0 Bookmark

राकेश तिमल्सिना

चितवन – साविक विजेता नारायणगढ फुटबल क्लब (एनएफसी) नारायणगढको क्याम्पाचौरमा जारी जिल्ला लिग फुटबलको फाइनलमा पुगेको छ ।

पहिलो सेमिफाइनलमा बुधबार एनएफसीले मुग्लिङ फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरमा हराउँदै फाइनलमा स्थानमा पक्का गरेको हो । एनएफसीलाई जिताउन पुकार आले, शेखर उप्रेती, यदु सिलवाल र नितेश गुरुङले एक–एक गोल गरे । खेलको १६ औँ मिनेटमा पुकार आलेको गोलबाट एनएफसीले सुरुआती अग्रता लियो । डीबक्स नजिकै पाएको फ्रिकिकमा उनले बललाई जाली चुमाएका थिए । २८ औँ मिनेटमा राम गुरुङ दोहारो पहेलो कार्ड खादै मैदान बाहिरिदा मुग्लिङ १० खेलाडीमा सिमित बन्यो ।

पहिलो हाफमा १–० ले पछि परेको मुग्लिङले दोश्रो हाफमा ३ गोल खायो । दोश्रो हाफको ७ औ मिनेटमा शेखर उप्रेतीले गोल गर्दै एनएफसीको अग्रता दोब्बर पारे । शेखरले यदु सिलवालको क्रसमा गोल गरे । ५५ औँ मिनेटमा यदु सिलवालको गोलमार्फत एनएफसीले ३–० अग्रता बनायो । त्यस्को १० मिनेटपछि नितेश गुरुङले गोल गर्दै एनएफसीलाई ४–० को जित सहज दिलाए ।

जितसँगै फाइनल पुगेको एनएफसीले बिएफसी र एभरेष्ट क्लबबिचको विजेतासँग उपाधि भिडन्त गर्नेछ । बिएफसी र एभरेष्ट क्लबबिचको खेल विहीबार दिउँसो ३ बजेदेखि हुनेछ ।

चितवन जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिता वैशाख १६ गतेसम्म सञ्चालन हुनेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.