default_image

9 years ago

April 27, 2017

आर्मी फाइनलमा प्रवेश

104 views

0 Bookmark

वीरगंज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नव जन जागृति फुटबल क्लबलाई ३-०ले पराजित गर्दै प्रथम विशाल मेमोरियल कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

बिहिबार भएको दोश्रो सेमिफाइनल खेलमा आर्मीले खेलको २२औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलले अग्रता बनाएको थियो। खेलको अन्त्यतिर कप्तान भरत खवासले २ गोल थपेपछि आर्मीले फाइनलमा स्थान पक्का गरेको हो।

खवासले खेलको ८०औं मिनेट र ८८औं मिनेटमा गोल गरेका थिए। २ गोल गरेर टोलीलाई जित दिलाएका आर्मीका कप्तान खेलको स्पोन्सर म्यान अफ द म्याच भए।

आर्मीले शनिबार हुने फाइनल खेलमा उपाधिका लागि सीएमजी क्लब संकटाको सामना गर्नेछ। संकटाले हिजो भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३-०ले पराजित गरेको थियो।

विशाल स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

विशाल स्मृति गोल्डकपमा शनिबार हुने फाइनल खेल
सिएमजी क्लब संकटा विरुद्ध त्रिभुवन आर्मी

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.