9 years ago
April 28, 2017
वीरगन्ज (हाम्रो खेलकुद)– ए डिभिजन क्लबको सहभागितमा रहेको बर्षको पहिलो नकआउट फुटबल प्रतियोगिता टुबोर्ग प्रथम विशाल स्मृति गोल्ड कप को उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सिएमजी क्लबले शनिबार एकअर्काको सामना गर्दैछन् ।

चर्को गर्मीका बीच हुने फाइनलमा दुवै टोलीका प्रशिक्षक खेलाडीले क्षमता अनुसारको प्रदर्शन गर्नेमा भने शंका व्यक्त गर्छन् । ‘मोफसलमा प्रतियोगिता हुनु राम्रो हो । तर मौसमलाई पनि ख्याल गर्नुपर्छ’ आर्मीका प्रशिक्षक नविन न्यौपाने भने,‘यहाँ आज ४२ डिग्री थियो । भोली अझै बढ्ने अनुमान छ । यस्तोमा खेलाडीलाई खेल्न निकै कठिन हुन्छ ।’
न्यौपानेको भनाईसँग उनका समकक्षी संकटाका सल्याण खड्गी पनि सहमत छन् । ‘खेलाडीले आफ्नो तर्फबाट सक्दो प्रयास गर्लान् तर मौसमले साथ दिदैन ’ खड्गीले भने, ‘डिहाड्रेसनको समस्या हुन सक्छ । खेलाडीले एकदम थकान महसुस गर्न सक्छन् । त्यस्तोमा क्षमता अनुसारको प्रदर्शन गर्न गाह्रो पर्न सक्छ । ’ वीगरन्जको तापमान शुक्रबार ४२ डिग्री सेल्सेस सम्म पुगेको थियो भने शनिबार ४४ डिग्री सेल्सेस पुग्ने अनुमान छ ।
मौसम प्रतिकुल भएपनि दुवै टोली फाइनलका लागि भने तयार रहेका छन् । अघिल्लो बर्ष दुवै टोलीले मोसफलका नकआउट प्रतियोगितामा उच्च प्रदर्शन गरेका थिए । नयाँ बर्ष उपाधि जित्नै यात्रा सुरु गर्नेमा दुवै टोली दृढ छन् । दुवै टोलीले गत बर्ष समान ३ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । उनीहरुभन्दा माथि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी मात्र रहेको थियो । मनाङले सर्वाधिक ४ वटा नकआउट उपाधि जितेको थियो ।
आर्मीले गत बर्ष ९ वटा फाइनल खेल्दा संकटाले ७ वटा फाइनल खेलेको थियो । गत बर्ष यी दुई टोलीले ३ वटा फाइनल चितवनमा विकास रनिङ सिल्ड, सिमरामा रुस्लान सिमरा गोल्ड कप र बुटवलमा तिलोत्तमा गोल्ड कप खेलेका थिए । ती तीनै फाइनल संकटाले जितेको थियो ।
आर्मीसँगको तीनै फाइनल जितेपनि संकटाका प्रशिक्षक खड्गी त्यसलाई तथ्याङ र इतिहासलाई स्मरण गर्न मात्र मिल्ने बताउँछन् । ‘हिजो हामीले त्यो सफलता प्राप्त गर्यौं । त्यसको मतबल भोली पनि जितिन्छ भन्ने होइन ’ उनले भने, ‘हरेक नयाँ प्रतियोगिता एउटा नयाँ अध्याय हो । हरेक खेलमा नयाँ इतिहास लेखिन्छ । हामी त्यसका लागि तयार छौं ।’
आर्मीका प्रशिक्षक नवीन न्यौपाने भने संकटासँगको हारको श्रृखंला रोक्न टोली सचेत रहेको बताउँछन् । ‘गत बर्ष एउटा होइन तीनवटा फाइनल हामीले संकटासँगै गुमायौं’उनी भन्छन्,‘हामी फेरी निराश भएर फर्कन चाहदैनौं । त्यसले हामी आफ्नो पुरै शक्ति मैदानमा लगाउने छौं ।’
टोलीका फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण आराम गरिरहेका छन् । रक्षक जीतेन्द्र कार्की घुँडा सुन्निएका कारण शनिबार खेल्नेमा शंका छ । त्यसबाहेक टोलीका अन्य सदस्य भने फिट रहेकाले न्यौपाने फाइनल जित्नेमा आशावादी छन् । एसियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्धको समूह चरणको तयारीका कारण फाइनलमा तिलोत्तमाको फाइनल खेल्दा कप्तान भरत खवास र विकेश कुथु आर्मी टोलीमा थिएनन् ।
अहिले उनीहरु टोलीमा फर्कदा टोलीको मनोबल उच्च रहेको प्रशिक्षक न्यौपाने बताउँछन् । अनुभवी खेलाडी हुँदा त्यसले टोलीको मनोबल अर्कै हुन्छ । गत बर्ष पुसमा हेटौडा गोल्डकप जितेयता आर्मी उपाधि विहिन रहँदै आएको छ । गत बर्ष आर्मीलाई ९ वटा नकआउटको फाइनल पुर्याएका न्यौपाने भन्छन् ‘नयाँ बर्षको पहिलो प्रतियोगिताको उपाधि जितेर यो बर्षलाई अझै सुखद बनाउनेमा हामी आशावादी छौं र त्यसका लागि तयार छौं ।’

संकटाका प्रशिक्षक खड्गी पनि टोली उपाधि उचाल्न आतुर रहेको बताउँछन् । ‘तयारी राम्रो छ । खेलाडीको मनोबल पनि बलियो छ ’ गत बर्ष संकटालाई ७ वटा नकआउटको फाइनल पुर्याएका उनले थपे, ‘हाम्रा खेलाडी बर्षको पहिलो उपाधि उचाल्न आतुर छन् । ’ उनी आर्मीलाई पछिल्लो प्रतियोगितामा भन्दा अझै बलियो अवस्थामा रहेको मान्छन् ।
‘आर्मी एकदमै बलियो टोली हो । अहिले उच्च फर्ममा पनि छ ’ उनले भने, ‘त्यसैले पनि हामीलाई हल्का रुपमा लिने गल्ति हामी गर्ने छैनौं ।’ संकटाका राष्ट्रिय टोलीका विक्रम लामा, विशाल श्रेष्ठको साथ रहेको छ । उनीहरु समावेश हुनाले टोलीका अन्य सदस्य थप उत्साहित रहेको खड्कीले बताए ।
आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा दुई विभागिय टोली नेपाल एपिएफ र नेपाल पुलिसलाई हराउँदै संकटा फाइनलमा पुगेको थियो । त्यस्तै हिमालयन शेर्पा तथा नव जनजागृतिको चुनौतिलाई पार गराउँदै आर्मी उपाधि नजिक पुगेको थियो ।
विशाल स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]