9 years ago
April 29, 2017
वीरगंज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सिएमजी क्लब संकटालाई २-०ले पराजित गर्दै पहिलो विशाल स्मृति गोल्ड कपको उपाधि जितेको छ।

फाइनल खेलको पहिलो हाफ गोलरहित रहेको थियो। तर आर्मीले ३ मिनेटको अन्तरमा २ गोल गरेपछि संकटाको पराजय तय भएको थियो। आर्मीका लागि जर्ज प्रिन्स कार्कीले ६८औं मिनेट र ७०औं मिनेटमा गोल गरेका थिए।
विशाल स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेता त्रिभुवन आर्मीले उपाधिसहित ५ लाख जित्यो भने र दोस्रो हुने संकटाले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]