default_image

10 years ago

October 16, 2015

खेल मिलेमतो अनुसन्धानमा नेपाल प्रहरी, एएफसी र स्पोर्टस राडारका सहकार्य

297 views

0 Bookmark

काठमाडौं, असोज २९
एक बर्ष यता लगातारको अनुसन्धान पछि नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहितका ५ खेलाडी पक्राउ परेको एसियाली फुटबल महासंघ (एएफसी) शनिबार सार्वजनिक गरेको छ ।
AFC
एएफसी, स्पोर्टस राडार सेक्युरिटी सर्भिस र नेपाल प्रहरीको महानगरिय अपराध महाशाखाबीच लामो सहयकार्यपछि म्याच फिक्सिङको बलियो आधार फेला परेपनि उनीहरुलाई पक्राउ गरेको एएफसीको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सन् २००८ यता विभिन्न अन्तर्राष्ट्रिय खेलमा मिलेमतोको आशंकामा नेपाल प्रहरीले बिहीबार सागरसहित राष्ट्रिय खेलाडी सन्दीप राई, गोलकिपर रितेश थापा तथा पूर्व खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्रीलाई पक्राउ गरेको थियो ।
एएफसीका कार्यवहाक महासचिव दातो विड्न्सर जोनले खेल मिलेमतोमा एएफसीले शून्य सहनसिता नीति लिएको उल्लेख गर्दै भनेका छन्,‘ खेल मिलेमतोका विषयमा खोज,रोकथाम र त्यसमा तत्काल कारबाही अघि बढेका छौं । यो त्यहि रणनीतिको सफलता हो ।’
स्पोर्टस राडारसँगको सहकार्यमा प्राप्त सुचनाका आधारमा नेपाल प्रहरीले खेलाडीमाथिको अनुसन्धान प्रक्रियालाई अघि बढाएकोमा उनले खुलेर प्रशंसा गरेका छन् ।
स्पोर्टस् राडरका प्रबन्ध निर्देशक आन्द्रेस क्रानिचले आफ्नो कम्पनीले तयार पारेको प्रतिवेदनको आधारमा खेल मिलेमतामो सयौै घटना सार्वनिक भएको र त्यसले फुटबल लोकप्रिय रहेको देशमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।
पक्राउ पर्ने खेलाडीको आर्थिक कारोवार शंकास्पद देखिएका कारण एकबर्ष देखि नै छानविन चलिरहेको एएफसीले जनाएको छ । प्राप्त सुचना नेपाल प्रहरी दिएको र त्यसबाट थप अनुन्धान गर्नेक्रममा ५ खेलाडी पक्राउ गरिएको हो । एएफसीले आउने दिनमा उनीहरुमाथि आनुशासनको कारबाही गर्ने जनाएको छ । उपराध महाशाखाका अनुसार २००८ यताका ६ खेलमा मिलेमतो गर्दै दसौं हजार अमेरिकी डलर रकम बुझेको खुल्न आएको छ ।
अपराध महाशाखाका प्रमुख एएसपी सर्वेन्द्र खनालले खेल मिलेमतोको घटनामा नेपालले अडान प्रस्ट भएको बताए । ‘अनुन्धान र सुचना प्रवाहलाई हामी एएफसी र स्पोर्टस राडारलाई धन्यवाद दिन्छौ,’ एएफसीद्वारा जारी विज्ञप्तीमा खनालले भनेका छन्,‘ सामूहिक रुपमा राम्रो काम गरिरहेका छौं । आशा छ आउने दिनमा अझै प्रभावकारी ढंगले अघि बढ्नेछौं ।’
महाशाखाले महानगरीय प्रहरी परिसरको समन्वयमा आरोपित खेलाडीमाथि राज्यविरुद्धको अपराध र सजाय ऐन अनुसारको कसुरमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.