9 years ago
May 2, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्।

रियल म्याड्रिडको लागि चोटका कारण यस खेलमा ग्यारेथ बेल र पेपे अनुपस्थित रहनेछन्। बेलको स्थानमा फर्ममा रहेका इस्कोले सुरुवात गर्ने सम्भावना रहेको छ। हामेस रोड्रीग्वेज र अल्भारो मोराटा पनि बेन्चबाट आएर खेलमा प्रभाव पार्ने धुनमा हुनेछन्। यसैसाता भ्यालेन्सियाविरूद्धको जितमा विश्राम पाएका डिफेन्डर राफेल भारान सुरुवाती ११ मा पर्ने लगभग पक्का छ।
गोलरक्षकको भुमिकामा केलर नाभास रहनेछन् भने राफेल भारान र सर्जियो रामोसले सेन्टर डिफेन्सको जिम्मेवारी सम्हाल्नेछन्। कार्भाजलले राइट डिफेन्समा खेल्नेछन् भने लेफ्ट डिफेन्समा मार्सेलो कायमै रहनेछन्।
टोनी क्रुज, कास्मिरो र लुका मोड्रीचले मिडफिल्ड सम्हाल्नेछन्। इस्को, क्रिस्टियानो रोनाल्डो र करीम बेन्जेमाले आक्रमण सम्हाल्नेछन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]