default_image

9 years ago

May 3, 2017

कहाँ छन् नवयुग श्रेष्ठ?

245 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठ गत महिना खेलिएको फिलिपिन्स विरुद्धको एएफसी एसियन कप छनोट चरण अन्तर्गतको टोलीमा अटाएका थिएनन्। त्यसबेला चोटका कारण टोलीमा नपरेपछि उनले त्यसयता विश्राम लिंदै आइरहेका छन्।

फाइल तस्बिर

फिलिपिन्स विरुद्धको खेलपछि नेपालमै आयोजित घरेलु प्रतियोगितामा पनि नवयुग आर्मीको टोलीमा थिएनन्। नवयुगकै गृहनगर इलाममा आयोजित माइभ्याली गोल्डकपमा आर्मी खेल्दा नवयुग विश्राममा थिए। आर्मीले फाइनलसम्मको यात्रा तय गर्दा भने  नवयुग एन.आर.एन अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा भाग लिन सिड्नी पुगेका थिए। त्यसयता आर्मीले अन्य प्रतियोगितामा भाग लिएपनि नवयुग भने अष्ट्रेलियामै रहेर विश्राम लिइरहे।

नेपालले आगामी जुन १३ तारिखमा यमनविरुद्ध एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको दोश्रो खेल खेल्दैछ। उक्त खेलको तयारीका लागि नवयुग नेपाल आइसकेका छन्। चोटपछि राम्रो विश्राम लिएका उनले नेपालले पहिलो खेलमा व्यहोरेको हारलाई बिर्साउने धुनमा हुनेछन्।

त्यसो त यो खेल नवयुगका लागि नेपालमै खेल्ने पहिलो अन्तराष्ट्रिय खेल हुनेछ। यसअघि फ्रेण्डस् अफ जापान नामक टोलीसंग नेपाल एघारले मैत्रीपूर्ण खेल खेल्दा नवयुगले खेले पनि त्यसले अन्तराष्ट्रिय मान्यता भने पाएको थिएन। उक्त खेलमा नेपालका लागि नवयुगले एकमात्र गोल गरेका थिए।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.