9 years ago
May 4, 2017
एजेन्सी – इन्डोनेसियाको लिगा १ अन्तर्गत बिहिबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले जारी लिगमा लगातार दोश्रो हार व्येहोरेको छ।

मदुरा युनाइटेड विरुद्ध आज पर्सिजाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीका लागि पिटर ओडेमविङ्गीले गरेको ६९औं मिनेटको गोल निर्णायक सावित भयो। इङ्गलिस प्रिमियर लिगका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका ओडेमविङ्गी हाल इन्डोनेसियामा खेलिरहेका छन्।
आजको खेलम रोहितले ७८ मिनेट मात्र खेलेका थिए। उनलाई अन्तिम १२ मिनेटका लागि पामुङ्गकसले स्थानान्तरण गरेका थिए।
लिगको पहिलो खेलमा जित हात परेको रोहितको टोली ४ खेलमा २ हार र १ बराबरीसंगै ४ अंक जोडेर लिग तालिकाको १३औं स्थानमा झरेको छ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]