9 years ago
May 5, 2017
एजेन्सी (हाम्रोखेलकुद)- यस सिजनको प्रिमियर लिगको अन्त्य-अन्त्य समयसंगै खेलाडी किनबेचको हल्लाले पनि बजार खुब तात्तिएको छ। चेल्सीका स्टाइकर डिएगो कोस्टा सिजनको अन्त्य पछि चाइना जाने हल्ला छ। आफ्नो पहिलो सिजनमै २० गोल गरेर गोल्डेन बुटको लागि आफ्नो दाबेदारी पेस गरेका उनले सोहि सिजन प्रिमियर लिगको उपाधि जितेका थिए। यस सिजन पनि स्थिति लगभग उस्तै छ लिगको ४ खेल बाकि रहेको अवस्थामा चेल्सी लिगको अग्रपंक्तिमा आसिन छ।

जारी सिजनको ३२ खेलमा १९ गोल गरिसकेका उनी एभर्टनका रोमेलु लुकाकु (२४) र टोटनह्यामका ह्यारी केन (२०) भन्दा मात्र पछाडी छन। यदि उनी यस सिजन पछि चाइनामा अनुबन्ध भए उनको विकल्प को खोज्लान त चेल्सीका म्यानेजर एन्टोनियो कोंटेले ? आर्सनलका एलेक्सिज सान्चेज , एभर्टनका रोमेलु लुकाकु र रियल मड्रिडका अल्भारो मोराटा चेल्सी आउने ब्यापक हल्ला छ।
२०१४ मा आर्सनल आए देखि टोलीका लागि ४८ गोल गरिसकेका उनी विंगर हुन् तर स्टाइकर पोजिसनमा पनि खेल्न सक्छन। आर्सनल छाडेर चेल्सी आउन सक्ने संकेत देखाइसकेका उनी चेल्सीका लागि उपयुक्त हुन सक्छन। त्यस्तै २८ मिलियनमा चेल्सीबाटै एभर्टन गएका स्टाइकर रोमेलु लुकाकु पनि चेल्सी आउने प्रबल सम्भावना रहेको छ तर उनको लागि चेल्सीले धेरै नै मोटो रकम खर्छ गर्न पर्ने देखिन्छ। एभर्टनले आफ्नो टिमको मुख्य खेलाडीको १०० मिलियन माथिको मूल्य राखेको छ । गोल गर्न निक्कै माहिर उनी पनि डिएगो कोस्टाको स्थानमा राम्रो विकल्प हुन सक्छन त्यस्तै रियल मड्रिडका स्टाइकर अल्भारो मोराटा पनि यस सिजनपछि चेल्सी आउन सक्ने खेलाडीको सुचीमा छन।
ला-लिगाको जारी सिजन २३ खेलमा १३ गोल गरिसकेका उनले आफु धेरै भन्दा धेरै खेल खेल्न चाहेको तर टोलीमा रोनाल्डो , बेल , बेन्जेमामा जस्ता खेलाडीको दबदबाले खासै खेल्न नपाउने कारणले यस सिजन अरु क्लब जाने संकेत गरेका छन । सिजनको मध्यमानै उनी चेल्सी आउने जस्तो हल्ला चलिसकेको कारणले पनि आउदो सिजन उनी चेल्सी आउन सक्ने सम्भावना छ। रियल बाट इटालियन क्लब युभेन्टसमा २ सिजन लोनमा बिताएका उनले च्याम्पियन्स लिगको फाइनल खेलेका थिए जसमा उनको टोली बार्सिलोना संग पराजित भएको थियो |
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]