9 years ago
May 9, 2017
माले (एजेन्सी) – माल्दिभ्सको पहिलो दर्जाको लिग धिवेही प्रिमियर लिगमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी. स्पोर्ट्सले दोस्रो हारको सामना गरेको छ । किरणले खेलको पुरा समय खेलेका थिए ।

तस्बिर : maldivesoccer.com
घरेलु मैदानमा टि.सी. स्पोर्ट्सले यसै सिजन धिवेही प्रिमिएर लिगमा बढुवा हुँदै प्रवेश गरेको ग्रिन स्ट्रिटसँग ३-१ को हार व्यहोरेको हो । खेलको पहिलो हाफमा सोबोल इलियाले दुइ गोल गर्दै पाहुना टोलीलाई २ गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफको ७२ मिनेटमा माहुदीले गोल गर्दै टि.सी. स्पोर्ट्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर रिजुहानले ८१ मिनेटमा गोल गर्दै ग्रिन स्ट्रिटको जित सुनिश्चित गरेका थिए ।
जितसंगै ग्रिन स्ट्रिट तेस्रो स्थानमा उक्लेको छ भने टि.सी. स्पोर्ट्स चौथो स्थानमा झरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]