default_image

9 years ago

October 19, 2015

राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारको कथा

दीपेश तिमल्सिना काठमाडौं, कात्तिक २- रुस्लान थ्री स्टार क्लबलाई च्याम्पियन बनाउँदै यसपटकको रेडबुल राष्ट्रिय लिग शनिबार टुंगिएको छ । थ्री स्टारलाई सुरुआतबाटै दाबेदारका रुपमा हेरिएको थियो ।   सँगै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी क्लब र दशकयताको लिगमा सर्वाधिक सफल नेपाल पुलिस क्लबलाई अन्य दाबेदार मानिएको थियो । तर, पुलिसमा त्यो दम देखिएन । […]

42 views

0 Bookmark

दीपेश तिमल्सिना
काठमाडौं, कात्तिक २- रुस्लान थ्री स्टार क्लबलाई च्याम्पियन बनाउँदै यसपटकको रेडबुल राष्ट्रिय लिग शनिबार टुंगिएको छ । थ्री स्टारलाई सुरुआतबाटै दाबेदारका रुपमा हेरिएको थियो ।

Celebrate

उपाधि जितेपछि थ्री स्टारका खेलाडी ।

 

सँगै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी क्लब र दशकयताको लिगमा सर्वाधिक सफल नेपाल पुलिस क्लबलाई अन्य दाबेदार मानिएको थियो । तर, पुलिसमा त्यो दम देखिएन । टोलीको यात्रा सुरुबाटै लडखडायो । बरु कम अपेक्षा गरिएको रमपम झापा ११ ले पछिल्ला ३ खेलअघिसम्म आफुलाई बलियो दाबेदारका रुपमा प्रस्तुत गर्यो । एपिएफले जसरी सुरुआत गर्यो अन्त्य त्यही ढंगबाट गर्न सकेन । सुरुआत खराब भएपनि सुदूर विस्कुट सुदूरपश्चिमाञ्चलको अन्त्य सुखद रह्यो । जगदम्बा लुम्बिनी क्लब, बुद्ध एयर मोरड क्लबबाट खास अपेक्षा थिएन । टोलीको प्रदर्शन पनि त्यस्तै कमजोर रह्यो ।

उपाधि जितेपछि थ्री स्टारका खेलाडी र्यालीमा ।

उपाधि जितेपछि थ्री स्टारका खेलाडी र्यालीमा ।

थ्री स्टारले विगतको सफलताकै कारण मात्र दाबेदार बनेको भने थिएन । क्लबलाई अरु टोली भन्दा बलियो बनाउने एउटा सुत्रधार थिए क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठ । राष्ट्रिय टोलीका कप्तान सागर थापासहित थ्रुपै नाम चलेका खेलाडी थ्री स्टारमा आबद्ध भए । आफ्नै आर्थिक श्रोत नभएपनि थ्री स्टारले ह्यान्डसम मनिमा खेलाडी अनुबन्धन गरेको थियो । जसका कारण झन्डै राष्ट्रिय टोली जस्तो देखिने थ्री स्टार च्याम्पियन बन्ने अनुमान गर्नु अस्भाविक थिएन ।
२०७१ को माघ ७ बाट सुरु भएको लिग असोज ३० मा आएर टुंगिदा यसबीचका घटना भने कसैले कल्पना समेत गरेको थिएन । राष्ट्रिय टोलीले फागुनको अन्त्य र चैतको सुरुआतमा भारतविरुद्ध विश्वकप छनोट खेल्नुपर्दा लिग रोकिएको थियो । त्यसबाहेक लिग आफ्नो ढंगले अघि बढि रह्यो । तर, २०७२ भदौ १२ गतेको विनाशकारी भूकम्पले देशको ठूलो धनजनको क्षति भयो । हजारौंको ज्यान गयो, अरबौंको भौतिक क्षति भयो । त्यसमा खेलकुद प्रभावित नहुने कुरै थिएन । लिग अनिश्चित कालका लागि स्थगित भयो । जसो तसो गर्दौ देशको फुटबल अघि बढ्ने प्रयासमा थियो । पुनः लिग सुरु गर्ने चर्चा सुरु भइनै रहेको थियो । त्यसको नेतृत्वमा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यावहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठले नै गरेका थिए । देशकै फुटबलको नेतृत्वसँगै क्लबलाई सम्हाल्ने जिम्मेवारी पनि उनकै थियो । त्यसका लागि उनी कत्ति पनि विचलित थिएनन् । लक्ष्यप्रति दृढ थिए । तर, जेठ २९ मा नेपाल खेलकुदमा अझ भदौ फुटबलमा अर्को ठूलो विनाशकारी भूकम्प गयो । जसमा फुटबलका तत्कालिन नेता ललितकृष्णको ज्यान गयो । पाटन मंगलबजारमा बस्दै आएका ललितकृष्ण वैशाख १२ को भूकम्प र त्यसपछिको लगातारको पराकम्पका कारण नयाँ घर सर्न चाहन्थे । भैसीपाटीमा बन्दै गरेको नयाँ घरमा छिटो सकाएर परिवारलाई त्यहि लान चाहन्थे । लामो समय साइत नभएकोले जेठ २९ मा साइत मात्र गर्ने र केही पछि घर सर्ने उनको योजना थियो । साइतको पुजा गरेको दिन उनको परिवार त्यहि बस्ने तयारीमा थियो । तर राती झन्डै साढे ९ बजे करेन्ट लागेर ललितकृष्णको मृत्यु भयो । त्यसको सबैभन्दा ठूलो असर उनको परिवारमा पर्यो । उनको परिवारले सब थोक गुमायो । उनको मृत्युले त्यसपछिको प्रभाव नेपाली फुटबल र थ्री स्टारमा पर्न गयो । एन्फाले एउटा पक्का स्वमसेवक गुमायो भने क्लबले अविभावक । क्लबका अन्य पदाधिकारी कसरी अघि बढ्ने अलमलमा पर्यो ।

स्वर्गिय लतिलकृष्ण श्रेष्ठ ।

स्वर्गिय लतिलकृष्ण श्रेष्ठ ।

समय वित्दै जादा लिग भदौ २८ बाट लिग पुन सुरु गर्ने निर्णय हुँदा थ्री स्टारले प्रशिक्षक अन्जन केसीको पनि साथ पाएन । उनले व्यक्तिगत कारणले टोलीको नेतृत्व गर्न नसक्ने बताएपछि थ्री स्टारलाई फेरी अर्को धक्का लाग्यो । अन्जनको विकल्पमा थ्री स्टारले पोखरामा एकेडेमी चलाउँदै बसेका राजेन्द्र तामाङलाई चुन्यो । एएफसीको बी लाइसन्स लिइसकेको भएन पनि उनीसँग ठूलो क्लब सम्हालेको अनुभव थिएन । क्लबको प्रस्तावलाई चुनौतिका रुपमा स्वीकार्दै उनी राजधानी छिरे । लिग सकेर दशैमा घर फर्कदा उनी नयाँ परिचय लिएर गएका छन् । ९ क्लबको सहभागिता रहेको लिगका उनी उत्कृट प्रशिक्षक चुनिएका थिए । उनले क्लब सम्हाल्दा टोलीले सुरुका ६ खेल खेलिसकेको थियो । खेलाडीका रुपमा मनामा लामो समय विताएका तामाङले मच्छिन्द्र हुँदै थ्री स्टार पुगेर खेलजीवनको अन्त्य गरेका थिए । त्यहि क्लबलाई प्रशिक्षण दिन पाउनु उनका लागि मौका त थियो नै त्यो भन्दा बढी चुनौति थियो । आफैसँग खेलाडीका धेरै खेलाडी टोलीमा थिए । धेरैको अनुमान थियो, तामाङले तीन मनमौजी खेलाडीलाई ह्यान्डल गर्न सक्ने छैनन् । खेलाडीको आचारण सुधार्ने उनको बसको कुरा थिएन, तर उनले तीनै खेलाडीबाट क्लबका लागि आवश्यक नतिजा भने निकाल्दै गए । बराबरी गर्ने अन्तिम खेलमा मनाडविरुद्ध दुई शून्यको नतिजा निकाल्दै तामाङले थ्री स्टारलाई १ करोडको हकदार बनाए । उनको सफलताले २०६९ को सफलतालाई स्मरण गरायो । त्यती बेला फुटबलका गुमनाम प्रदीप हुमागाईको नेतृत्वमा थ्री स्टारले ए डिभिजन लिग जितेको थियो । तामाडको नेतृत्वमा थ्री स्टारले १० मध्ये कुनै खेलमा हार बेहोर्नुपरेन । क्लबमाथि अर्को बज्रपात पर्दा पनि तामाङले टोलीलाई वेअसर मैदानमा उतारे ।

उपाधिका साथ प्रशिक्षक राजेन्द्र तामाड्

उपाधिका साथ प्रशिक्षक राजेन्द्र तामाङ

अन्तिम खेलको तीन दिन अघि बिहीबार मात्र कप्तान सागर थापा र सन्दीप राई अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङको आरोपमा पक्राउ परे । सोही घटनामा थ्री स्टारका पहिलो ६ खेलका प्रशिक्षक अन्जन केसी, पूर्व खेलाडी विकास सिंह क्षेत्री र पुलिसका गोलकिपर रितेश थापा पनि समातिए । त्यो घटनाले देशमा फुटबलसँग जोडिएका सबैलाई निराश बनायो । टोलीका महत्वपूर्ण दुई सदस्य र अर्कोतिर टोलीको कमजोर मनोबलका बीच तामाङले त्यसको असर टोलीमा पर्न दिएनन् र मनाङमाथि जित दिलाए ।
पछिल्लो ९ महिनाका उतरचढावका बीच थ्री स्टार च्याम्पियन बन्न सफल भएको थियो । अन्तिम दिन थ्री स्टारले विजयउत्सव मनाइरहदा उनै अध्यक्ष श्रेष्ठलाई सबैभन्दा बढी मिस गर्यो । टोलीले उपाधि उनै श्रेष्ठलाई समर्पित गर्यो ।

विजय र्यालीमा समर्थकका साथ थ्री स्टारका खेलाडी ।

विजय र्यालीमा समर्थकका साथ थ्री स्टारका खेलाडी ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.