9 years ago
May 12, 2017
म्यानचेस्टर (एजेन्सी) – युरोपा लिग अन्तर्गत बिहिबार भएको सेमिफाइनल खेलको दोश्रो लेगमा सेल्टा भिगोसंग १-१को बराबरी खेल्दै म्यानचेस्टर युनाईटेडले फाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको १७औं मिनेटमा घरेलु टोलीले अग्रता लिदैं फाइनलको बाटो बनाएको थियो। मराउन फेलाइनीले मार्कस र्यासफर्डको पासलाई सदुपयोग गर्दै टोलीलाई अघि बढाएका थिए। नियमित समयको ५ मिनेट बाँकी हुँदा सेल्टाले गोल गर्दै खेलमा फर्कने संकेत दियो। सबास्टियन रोन्काग्लियाले ८५औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई केहि दबाबमा राखेका थिए।
खेलको अन्तिम समयमा एरिक बेली र रोन्काग्लियाले भनाभन गर्दै हातपात गर्न खोजेपछि रेफ्रीले रातो कार्ड दिंदै मैदान बाहिर पठाएका थिए। थप गोल हुन नसकेपछि युनाईटेडले फाइनलमा स्थान सुरक्षित गर्यो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]