9 years ago
May 12, 2017
एजेन्सी – इङ्गलिस क्लब टोटेनहम हट्स्परका प्रशिक्षक मौरीसियो पोचेटिनो र खेलाडी ह्युङ्ग मिन सनले अप्रिल महिनाको उत्कृष्ट प्रशिक्षक र खेलाडीको उपाधि जितेका छन्।

अप्रिल महिनामा टोटेनहमले लगातार ६ खेलमा जित दर्ता गरेको थियो। यो पोचेटिनोको यस सिजनको पहिलो व्यक्तिगत उपाधि हो। स्पर्सले ६ खेलमा १६ गोल गर्दै जम्मा १ गोल खाएको थियो। पोचेटिनोले पछिल्लो पटक फेब्रुअरी २०१६मा यहि उपाधि हात पारेका थिए।
यसैगरी, टोटेनहमकै विङ्गर सनले पनि उत्कृष्ट खेलाडीको उपाधि हात पारे। उनको यो सिजनको दोश्रो उपाधि हो। पछिल्लोपटक उनले सेप्टेम्बर महिनामा यो उपाधि जितेका थिए। उनले अप्रिल महिनामा ५ गोल गरेका थिए।
अप्रिल महिनाको उत्कृष्ट गोलको उपाधि भने चेल्सीका पेड्रो रोड्रीग्वेजले जिते। उनले एभर्टनविरुद्ध ३-०को जित दर्ता गर्दा प्रहार गरेको दर्शनीय गोलले उपाधि जितेको हो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]