9 years ago
May 13, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा घरेलु टोली वेष्ट ब्रमविच आल्बियनलाई १-०ले पराजित गर्दै चेल्सीले प्रिमियर लिगको उपाधि हात पारेको छ। यो चेल्सीको पाँचौ प्रिमियर लिग उपाधि हो।

निकै रक्षात्मक खेल खेलेको वेष्ट ब्रमका विरुद्ध चेल्सीले धेरै आक्रमण बुनेको थियो।. तर डिएगो कोष्टा, एडेन हाजार्ड लगायतका खेलाडीले खेलमा अग्रता भने दिलाउन सकेनन्। वैकल्पिक खेलाडी मिची बात्सुआइले खेलको ८२औं मिनेटमा गरेको गोल निर्णायक सावित भएको थियो। उनले सेजार एज्पिलीक्वेटाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
यस जितसंगै चेल्सीको ३६ खेलमा ८७ अंक भएको छ। दोश्रो स्थानमा रहेको टोटेनहमको ३५ खेलमा ७७ अंकमात्र रहेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]