10 years ago
October 19, 2015
काठमाडौं, कात्तिक २- एसियाली फुटबल महासंघले (एएफसी) को अनुशासन समितिले म्याक्स फिक्सिड्को आरोप लागेका नेपाली राष्ट्रिय टोलिका कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा पूर्व खेलाी अन्जन केसी र विकाससिंह क्षेत्रीलाई अस्थायी निलम्बन गरेको छ ।

एएफसी, स्पोर्टस राडर र नेपाल प्रहरीको संयुक्त पहलमा आरोपित खेलाडी सन् २००८ यता विभिन्न अन्तर्राष्ट्यि खेलमा मिलेमतो गरेको पत्ता लागेको दाबी गरिएको छ । बिहीबार पक्राउ परेका उनीहरुले गल्ति स्वीकारेको नेपाल प्रहरी दाबी गरेको छ । अनुसन्धान जारी रहेकोले आरोपित खेलाडीमाथि अझै २० दिनको निलम्बन थप्न सकिने एएफसीले जनाएको छ । एएफसीले निलम्बनलाई खेल मिलेमतोमा आफ्नो शून्य सहनसिलताको उदाहरण भएको बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुसन्धानलाई सघाउने भन्दै पाँच खेलाडीलाई फुटबलका सबै गतिविधिबाट निलम्बन गरिसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]