9 years ago
May 20, 2017
एजेन्सी – भारतीय फुटबलको सर्वोच्च निकाय अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)ले शुक्रबार भएको मैत्रीपूर्ण खेलमा विश्वकपको तयारी गरिरहेको भारतको यू-१७ टोलीले इटालीको यू-१७ टोलीलाई २-० गोलअन्तरले पराजित गरेको सूचना दियो। केहि समयमै भारतीय टोलीले इटालीको यू-१७ राष्ट्रिय टोलीलाई हराएको खबरले सामाजिक संजालमा हल्ला फैलियो। भारतका कप्तान सुनिल क्षेत्रीदेखि एआईएफएफका अध्यक्ष प्रफुल पटेलले बधाई संदेश दिएका थिए।

तर, हिन्दुस्तान टाइम्सले गरेको खुलासा अनुसार भारतले खेलेको टोली यु-१७ राष्ट्रिय टोली नभएर इटालीको तेश्रो र चौथो डिभिजन फुटबल खेल्ने टोलीहरुको यू-१७ टोलीमा समावेश खेलाडीहरुको टोली थियो। लेगा प्रो (तेश्रो डिभिजन) र लेगा प्रो -२ (चौथो डिभिजन)का क्लबहरु पार्मा र अल्बिनोलेफले जनाएअनुसार भारतीय राष्ट्रिय टोलीले खेलेको टोली राष्ट्रिय टोली नभएर तेश्रो र चौथो दर्जाको लिगको प्रतिनिधि टोली रहेको थियो।
यो सब हुँदाहुँदै पनि भारतीय राष्ट्रिय टोलीको ट्वीटर र वेबसाइटका साथसाथै भारतीय फुटबलका दिग्गजहरुले बधाई संदेश दिएका थिए। एआइएफएफले आफ्नो ट्वीटमा यो जित ‘भारतीय फुटबलको लागि ऐतिहासिक जित’ रहेको र यसले ‘भारतीय फुटबलमा नयाँ आयाम ल्याउने’ सम्मको अभिव्यक्ति दिएको छ।
इटालियन फुटबल पत्रकार इम्यानुएल जिउलियानेलीले पनि इटालीको युवा टोली विदेशमा खेल्न गएको बारेमा कोहि जानकार नभएको र राष्ट्रिय टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेलेको झुटो रहेको बताएका छन्।
यो झुटको खुलासा भएसँगै भारतीय फुटबल समर्थकहरुले गलत खबर सम्प्रेषण गरेको भन्दै एआइएफएफमाथि सामाजिक संजालमार्फत गालि दिएका छन्। केहि पत्रकारहरुले एआइएफएफको यस्तो लापरवाहीपछि उसले माफी माग्नुपर्ने प्रतिक्रिया दिएका छन्।
एआइएफएफले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
In a historic win for #IndianFootball #India U17 defeat @azzurri U17 2-0. Read the match report:https://t.co/IfFirWbsb9. #BackTheBlue pic.twitter.com/COCJdMbVu5
— Indian Football Team (@IndianFootball) May 19, 2017
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]