9 years ago
May 22, 2017
म्याड्रिड (एजेन्सी) – मालागासँगको जितमा सुरुवाती गोल गर्दै क्रिस्टियानो रोनाल्डोले म्याड्रिडलाई उपाधी जित्न मद्दत गर्दा सँगसँगै उनले आफ्नो व्यक्तिगत नाममा अर्को किर्तीमान खडा गरेका छन् ।

खेलको दोस्रो मिनेटमा गोल गर्दै रियल म्याड्रिडकालागि जारी सिजनको ४०औं गोल गरेका रोनाल्डोले म्याड्रिडको इतिहासमा लगातार ७ सिजनमा ४० भन्दामाथि गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
म्याड्रिडमा आठौँ सिजन बिताउदै गरेका ३२ वर्षिय रोनाल्डोले पहिलो सिजन बाहेक अन्य सबैमा ४० भन्दा धेरै गोल गरेका छन् । पहिलो सिजनमा ३५ खेलमा ३३ गोल गरेयता रोनाल्डोले हरेक सिजनमा ४० भन्दा धेरै गोल गरेका छन् ।
२००९/२०१० – ३५ खेलमा ३३ गोल
२०१०/२०११ – ५४ खेलमा ५३ गोल
२०११/२०१२ – ५५ खेलमा ६० गोल
२०१२/२०१३ – ५५ खेलमा ५५ गोल
२०१३/२०१४ – ४७ खेलमा ५१ गोल
२०१४/२०१५ – ५४ खेलमा ६१ गोल
२०१५/२०१६ – ४८ खेलमा ५१ गोल
२०१६/२०१७ – ४५ खेलमा ४० गोल
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]