10 years ago
October 26, 2015
किर्गीस्तानमा भएको ए.एफ.सी. यु-१६ च्याम्पियनशिपको छनोटमा १६ वर्ष भन्दा बढी उमेर भएको खेलाडी मैदानमा उतारेको ए.एफ.सीले उदृत गरेको छ|
किर्गीस्तान्मा खेलिएको तिनै खेलमा नेपालको टोलीमा १६ वर्ष माथिका खेलाडी भएको भन्दै तिन ओटै खेलमा नेपाललाई ३-०को हार का साथै प्रत्येक खेलमा १५०० अमेरिकी डलर जरिवाना पनि तोकेको छ| नेपाल समुहको उपविजेता बन्दै पांच उत्कृष्ट उपविजेता मध्य छनोट भएर दोश्रो चरणमा पुग्न सफल रहेको थियो| तर ए.एफ.सिको यो निर्णय संगै नेपाल प्रतियोगिता बाटै बाहिरिएको छ|
यो खबर आएलगत्तै प्रशिक्षक उपेन्द्रमान सिंहले खेलाडीले नै टोलीलाई धोका दिएको बताएका छन्| “हामीले यु-१२ देखि खेलाडीलाई एकेडेमीमा राखेका हुन्छौं, त्यो बेलामा जन्मदर्तालाई आधार मानेर हामीले खेलाडी दर्ता गर्ने हो| अब खेलाडीले नै झुटो उमेर देखाएर आएपछि हामीले केहि गर्न सक्ने अवस्था भएन,” सिंहले भने|
यु१६का टिम म्यानेजर मधुसुद उपाध्यायले बताए अनुसार प्रतियोगिताको बेलामा पहिलो खेलपछि किपर अर्पण कार्की र क्याप्टेन मनिष कार्कीलाई एम.आर.आई टेष्टको लागि बोलाइएको थियो र अन्तिम खेलमा रेजिन सुब्बाको टेष्ट भएको थियो| रेजिन केहि महिना अघि मात्र यु१४ टोलीसंग ताजिकिस्तान्मा फूटबल फेस्टिभलमा खेलेर आएका थिए| मनिष र अर्पण भने बिगत केहि सालदेखि एन्फा एकेडेमीमै प्रशिक्षणरत थिए| म्यानेजरका अनुसार टोलीले किर्गिस्तान जानु अघि नौ खेलाडीको एम.आर.आई गरेको थियो र डाक्टर को सल्लाह अनुसारनै टोलि प्रस्थान गरेको थियो|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]