10 years ago
October 27, 2015
गत महिना किर्गीस्तानमा आयोजित यु१६ च्याम्पियनशिप छनोटमा बढी उमेरको खेलाडी खेलाएको भन्दै ए.एफ.सीले गरेको कारवाही विरुद्ध एन्फाले अपिल गर्ने भएको छ|
गत सेप्टेम्बर महिनामा किर्गिस्तानमा आयोजना भएको ए.एफ.सी यु१६ च्याम्पियनशिपको छनोट चरणमा पाँच उत्कृष्ट उपविजेता मध्य एक हुदैं नेपाल भारतमा हुने भनिएको अन्तिम चरणका लागि छनोट भएको थियो| दुइ जित र एक हार ब्येहोरेको नेपालका तिन खेलाडीको प्रतियोगिता दौरान एम.आर.आई परिक्षण भएको थियो| पहिलो खेलमा कप्तान मनिष कार्की र किपर अर्पण कार्कीको र अन्तिम खेलमा रेजिन सुब्बाको एम.आर.आई परिक्षण भएकोमा मनीषको मात्र उमेर बढी भएको प्रतिबेदन ए.एफ.सीले बुझाएको थियो|
तर, एन्फाका अनुसार सहभागिता जनाउनु अगावै सम्पूर्ण खेलाडीको एम.आर.आई परिक्षण गरेको र सबै खेलाडी १६ वर्ष मुनि भएको पुष्टि भएपश्चात मात्र सहभागिता जनाएको प्रष्ट्याएको छ| एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फाले ए.एफ.सी विरुद्ध अपिल गर्ने बताएका छन्| “हामीले सरकारले जारी गरेको जन्म दर्ता र राहदानी आधार मानेर खेलाडी छनोट गरेको हो| सरकारले जारी गरेको प्रमाणमा प्रश्न उठाउन नमिल्ने हुनाले हामीले आफ्नो ठाउँबाट हुने सम्पूर्ण प्रक्रिया पुरा गरेर सहभागिता जनाएका हौँ|”, तुलाधरले भने|
टिम म्यानेजर मधुसुदन उपाध्यायले बताए अनुसार डाक्टरको सल्लाहमा नौ जना खेलाडीको एम.आर.आई गरिएको थियो| मनीषको पनि एम.आर.आई नेपाल मा गरिएको र उनको उमेर १६ वर्ष मुनि देखिएकोले सहभागी गरिएको उनको जिकिर छ| एम.आर.आई गर्ने क्रममा डिफेन्डर राजन गुरुङमाथि शंका लागेकाले उनलाई नलगेको पनि उपाध्यायले प्रष्ट्याए|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]